काठमान्डौ , भरतपुर महानगरपालिका–११ बसेनी बस्दै आएकी १५ वर्षकी आर्मिन्ता देवकोटाले हिन्दू संस्कार अनुसार बाबुको किरिया गरेकी छन् ।
गोरखाको पालुङटार घर भई शिक्षक पेसामा आवद्ध बाबु लक्ष्मण देवकोटाको फागुन ९ गते निधन भएपछि ठूली छोरी आर्मिन्ता किरियामा बसेकी हुन् ।
उनका पिताको ३९ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको थियो । आर्मिन्ताले हिन्दू संस्कार अनुसारका सबै कर्म गरेर बाबुको किरिया गरिरहेकी मृतकका काका मानबहादुर देवकोटाले जान कारी दिए ।
छोराछोरी बराबर ठानेर छोरीकै चाहना बमोजिम किरिया गरेको काकाले बताए । पुरुषप्रधान समाजमा महिला सशक्तिकरणका लागि सन्देश दिने उद्देश्यले छोरीले गर्ने किरियालाई महत्व दिएको उनले बताए ।
१५ वर्षीया किशोरीले बाबुको किरिया गरेपछि स्थानीयले पनि उनको शाहसको प्रशंसा गरेका छन् । छिमेकीहरुले आर्मिन्ताको अभियानले महिला पनि पुरुषसरह जस्तोसुकै परिस्थितीसँग पनि जुध्न सक्छन् भन्ने उदाहरण पेस गरेको बताए ।
Views: 0