मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesअवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। ठूलो उपलब्धि नभए पनि सम्भावना खोजी गर्ने समय छ। प्रयत्न गर्दा पछिलाई फाइदा हुनेछ। तत्कालै समस्या समाधान नहुन सक्छ। अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ। कमजोरीका बाबजुद काँधमा जिम्मेवारी थपिनेछ। काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला। स्वास्थ्यका लागि आराम लिनुपर्ने अवस्था रहनेछ। (नेपाली पात्रो)
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusप्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। सम्भावना देखिए पनि सोचेको उपलब्धि नमिल्न सक्छ। सामान्य कामका लागि पनि दौडधुप गर्नुपर्नेछ। व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। अर्थ अभावले सताउन सक्छ। सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। (नेपाली पात्रो)
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiमाहोल रमाइलो रहनेछ तर रमाइलो क्षणमा पनि मन ढुक्क नहुन सक्छ। आलस्य बढ्नाले लक्ष्यमा पुग्न समस्या पर्नेछ। मिहिनेत गर्दा व्यापारमा लाभ लिने समय छ। व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ। विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। प्रियभेट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त होला। गृहस्थी यात्रा रमाइलो रहनेछ। आफन्तहरूले नयाँ आशा जगाउनेछन्। (नेपाली पात्रो)
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerअवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ। प्रगतिमा ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन्। व्याहारिक समस्याले याेजना रोकिन सक्छ। कामकाे चाप बढ्नेछ भने स्वास्थ्यले त्यति साथ नदिन सक्छ। मिहिनेतकाे नतिजा चित्तबुझ्दाे नआउन सक्छ। तापनि चुनौती पन्छाएर काम बनाउन सकिनेछ। प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले अग्रता दिलाउन सक्छ। (नेपाली पात्रो)
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoअध्ययनमा समय दिन नसकिएला। चिताएको काम रोकिनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ। समयको मागलाई ध्यान दिन नसक्दा पछि परिनेछ। घरायसी काम रोकिन सक्छ। शुभचिन्तकहरूले साथ दिए पनि लगनशील बन्न नसक्दा लक्ष्यमा पुग्न मुस्किल पर्नेछ। स्वास्थ्यबाधाले सताउन सक्छ। काममा लामो समय जुट्न नसकिएला। बुद्धिको उपयोगले मात्र लाभ उठाउन सकिनेछ। (नेपाली पात्रो)
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoतत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्य र अर्थका हिसाबले पनि दिन कमजोर रहनेछ। अवसरका लागि दौडधुप गर्नुपर्ला। परिस्थितिले अप्ठ्यारा चुनौतीसँग सम्झौता गराउन सक्छ। शुभचिन्तकहरूले साथ दिनेछन्, गोपनीयतामा ध्यान पुर्याउनुहोला। (नेपाली पात्रो)
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraबेलामा होस नपुर्याउँदा केही समस्या झेल्नुपर्ला। रचनात्मक काममा जुट्ने समय छ। तर, परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। सहयोगीहरूले हात झिक्नाले समस्यामा परिनेछ। अग्रजहरूको सहमति नाजुट्नाले काम रोकिन सक्छ। दिगो काम प्रारम्भ गर्न केही समय पर्खनुपर्ने देखिन्छ। सञ्चित रकम खर्चनुपर्ने हुन सक्छ। व्यापारतर्फ हिसाबकिताबमा होसियार रहनुहोला। (नेपाली पात्रो)
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioवचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। सामान्य आम्दानी भए पनि काम पूर्ण सम्पादन नहुन सक्छ। आफ्ना कमजोरीबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। आत्मविश्वासको कमीले पनि काममा पछि परिनेछ। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। (नेपाली पात्रो)
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusआत्मविश्वासको कमीले पछि परिनेछ। भेटघाटमा अलमलिनाले आँटेका काममा बाधा हुनेछ। तापनि मिहिनेत गर्दा पछिका लागि फाइदा उठाउन सकिनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ। सम्भावना देखिए पनि न्यून उपलब्धि मात्र हातलागी हुन सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। (नेपाली पात्रो)
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornभैपरी आउने समस्याले खर्च बढाउन सक्छ। सञ्चित रकम अरूका हातमा जानाले अर्थअभाव देखापर्नेछ। परिवारजनबाट टाढिनुपर्ला। अरूलाई समय दिँदा आफू पछि परिनेछ। अर्थअभाव खट्किए पनि आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुटाउन सकिनेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। तर करकापमा परी काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ। (नेपाली पात्रो)
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusविशेष अवसर पाइनेछ र मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। पछिसम्म फाइदा हुने काम हातलागी हुनेछ। श्रमको उचित मूल्यांकन होला। पढाइमा प्रगति हुनेछ। व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। दिगो योजना प्रारम्भ गर्ने समय छ। श्रमको उचित मूल्य प्राप्त हुनेछ। सञ्चित धनको उपयोगले लाभ दिलाउनेछ। प्रतीक्षा गरिएको काम बन्नेछ भने उठ्नुपर्ने रकम पनि हातलागी हुनेछ। (नेपाली पात्रो)
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesपरिस्थितिअनुसार निर्णय लिन नसक्दा काम दोहोर्याउनुपर्ला। नियमित काम सम्पादन भए पनि निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले बेसुरमा काम गर्दा समस्या पर्नेछ। तापनि, बुद्धिको उपयोगले काम सम्पादन हुनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। भविष्यका लागि भने कामको जग बसाउने मौका छ। (नेपाली पात्रो)
Views: 0