ओमप्रकाश गुप्ता
भालुवाङ ५ जेठ । दाङ देउखुरीको राप्ती नदीमा डुबेर शनिवार दिउँसो भालुबाङका एक बालकको ज्यान गएको छ । भालुबाङ पुल्चोक बजारका तुलाराम रोकाको छोरा बर्ष ८ का प्रदिप रोकाको राप्ती नदीमा नुहाउने क्रममा डुबेर ज्यान गएको हो । भालुबाङ पुल्चोक स्थित स्वर्गद्वारी प्राथमिक विद्यालय कक्षा ४ मा अध्ययनरत प्रदिपको नदीमा नुहाउँदै गर्दा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ । दिउँसो करिब १२ बजे नदीमा नुहाउन गएका प्रदिप करिब १ बजे डुबेका थिए । डुबेको थाहा पाए लगत्तै ईलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी जवान, शसस्त्र प्रहरी बल ज्वालामाई गण भालुबाङका शसस्त्र प्रहरी जवान र अस्थाई ट्राफिक प्रहरी पोष्ट भालुबाङका ट्राफिक प्रहरी जवानहरूको करिब तीन घण्टाको लामो खोजतलास पछि नुहाउँदै गरेको स्थान देखि करिब एक सय मिटर तल उक्त बालकको शब फेला परेको प्रहरीले जनाएको छ ।
Views: 0