गढवामा निशुल्क योग शिविर सुरुवात

२०७५ जेष्ठ ५, शनिबार १५:२८ गते २०७५ जेष्ठ ५, शनिबार १५:२८ गते २०७५ जेष्ठ ५, शनिबार १५:२८ गते

शिवराज पन्थी
देउखुरी ५जेठ । गढवामा शनिवार देखि पतञ्जली योग साधना केन्द्र दाङद्धारा निशुल्क योग बिज्ञान शिविर उद्घाटन गरिएको छ । चेतनशिल महिला समाज केन्द्र र गढवा उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा शनिवार देखि जनता माध्यमिक विद्यालयको खेलमैदानमा ७ दिने योगशिविर सुरुवात गरिएको हो । चृतनशिल महिला समाज केन्द्रका अध्यक्ष सकुन्तला डिसीको अध्यक्षता तथा गढवा गाउँपालिका वडा नं. ६ का अध्यक्ष वालचन्द्र हमालको प्रमुख आतिथ्यमा सुरु भएको उद्घाटन कार्यक्रममा गढवा उद्योग वाणिज्य संघका अध्यक्ष रविलाल आचार्यले कार्यक्रमका बारेमा जानकारी गराएका थिए । पहिलो पटक गढवामा सुरु भएको योग शिविरले मानव स्वास्थ्यका लागी महत्वपूर्ण सचेतना प्रवाह गर्ने प्रमुख अतिथी हमालको धारणा रहेको थियो । शिविरमा पतञ्जली योग साधना केन्द्र दाङका तोयनाथ योगी लगायत चारजना योग गुरुहरुको उपस्थिति रहेको थियो । विहान ४.३० बजेदेखि सुरुहुने योग शिविरमा सबैलाई उपस्थितिका लागि आयोजकले अनुरोध गरेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed