एजेन्सी । महिलाहरुमा प्रायः सबैभन्दा फेभरेट टपिक उनीहरुको श्रीमान वा ब्वाफ्रेण्डकै हुन्छ । तर कुरा कुरामा उनीहरुको मुखबाट आफ्ना पार्टनरका विषयमा कुरा पनि खुस्किन्छ ।जसले पछि पछुताउनुपर्छ ।
प्रायः श्रीमतिहरु श्रीमानसँग झगडा भएपछि माइती जान्छन् । त्यहाँ पुगेर उनीहरु आफ्ना सबैकुरा शेयर गर्छन् ।
थोरै सान्त्वाना पाउने चक्करमा उनीहरु अगाडिको बाटो आफै विगार्छन् । श्रीमानसँग मनमुटाव वा झगडाको विषयमा सबैलाई भनेपछि श्रीमानको इज्जत घट्छ । भविष्यमा श्रीमानसँग झगडा सकिएपछि उनीहरुले चाहेर पनि श्रीमानको सम्मान बढाउन सक्दैनन् । यसैले घरको कुरा घरमै रहन दिनुपर्छ ।
आफ्नो श्रीमानको तलबको विषयमा पनि चर्चा अरुसँग कहिल्यै गर्न हुँदैन । वर्तमान समयमा मानिसहरु यही विषयमा धेरै रुची राख्छन् । व्यवहारमा जति राम्रो भएपनि मानिसहरु उससँग कति रुपैयाँ छ भन्ने रुची राख्छन् ।
यदि तपाईको श्रीमान कुनै वस्तुबाट डराएका छन् भने यो कुरा आफैमा सिमित राख्नुहोस । अरुलाई यो कुरा भनेपछि उनको गोपनियता र प्रतिष्ठा खराब हुन सक्छ ।साथै डिप्रशनको शिकार पनि हुन सक्छन् ।
Views: 0