काठमाडौं । पाकिस्तानी सेनाको नियन्त्रणबाट मुक्त भएका भारतीय सेनाका पाइलट अभिनन्दन वर्तमान अन्ततः रिहा भएर भारत पुगेका छन्।
पाकिस्तानी सेनाले उनलाई सीमा क्षेत्र बाघा बोर्डरबाट आज रिहा गरेको हो । उनी भारत फर्केसँगै सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल बनेको छ । उक्त भिडियोमा उनले आफु कसरी बाच्न सफल भए त्यो बताएका छन् ।
उनले भिडियोमा पाकिस्तानी सेनाको प्रशंसा गरेका छन् भने इन्डियन मिडियामाथि धावा बोलेका छन् । इडिट गरिएको जस्तो सुनिने यो भिडियोमा उनले इन्डियन मिाडियामाथि बढाई चढाई गर्ने गरेको आरोप लगाएका छन् ।
बिहीबार पाकिस्तानी प्रधानमन्त्री इमरान खानले संसदबाटै उनको रिहा गर्ने सम्बोधन गरे अनुसार उनी शुक्रबार रिहा भएका हुन् । पाकिस्तानी भूमिको बालाकोटमा भारतीय लडाकु विमानले बम हमला गर्ने क्रममा कमान्डर अभिनन्दन पाकिस्तानीहरुबाट नियन्त्रित भएका थिए । स्थानीयले उनलाई नियन्त्रण गरी सेनालाई बुझाएका थिए ।
अभिनन्दनले भने यसअघि नै एक भिडियो कुराकानीमा पाकिस्तानी सेनाले आफूलाई सम्मान गरेको बताएका थिए । भारतमा भने पाइलट अभिनन्दनको स्वागत भव्य रुपमा मनाउने तयारी गर्दैआएका थिए । पाइलटको रिहासँगै भारत–पाकिस्तान तनाब मत्थर हुने अपेक्षा गरिएको छ।
Views: 0