अब डीभी चिट्ठा परे पनि अमेरिका जाने सपना अधुरै..

२०७५ फाल्गुन १८, शनिबार ११:०८ गते २०७५ फाल्गुन १८, शनिबार ११:०८ गते २०७५ फाल्गुन १८, शनिबार ११:०८ गते

काठमाडौं : सिन्धुली कमलामाई नगरपालिकाकी रेखा माझीले अमेरिकी सपना देखेर डीभी चिट्ठा भरिन्। उनले चिट्ठाको फारममा प्लस-टु पास गरेको उल्लेख गरेकी थिइन्। चिट्ठा पनि पर्‍यो। काठमाडौंस्थित अमेरिकी दूतावासले माझीलाई बोलाएर नागरिकतालगायत शैक्षिक योग्यताको प्रमाणपत्र माग्यो। माझीले नक्कली प्रमाणपत्र बनाउने गिरोहसँगको सम्पर्कमा प्लस-टु पास भएको प्रमाण जुटाइन्। दूतावासमा उनले नक्कली प्रमाणपत्र बुझाएपछि उनीमाथि छानबिन सुरु भयो।
माझीले बुझाएको प्रमाणपत्रको आधारमा सम्बन्धित कलेजमा बुझ्दा अभिलेख भेटिएन। अनि माझीले आठ कक्षासम्ममात्रै अध्ययन गरेको रहस्य खुल्यो। माझीले तीन लाख रुपैयाँ खर्च गरेर काठमाडौंमै नक्कली प्रमाणपत्र बनाएकी थिइन्।

दूतावासले माझीले बुझाएको प्रमाणपत्र नक्कली रहेको थाहापाएपछि महानगरीय प्रहरी अपराध महाशाखालाई पत्र लेख्दै आवश्यक छानबिन गरेर कारबाही गर्न पत्राचार गर्‍यो। माझी अहिले प्रहरी हिरासतमा छिन्। माझीसँगै अन्य दुई हिरासतमा छन्। माझीसँगै झापा दमक नगरपालिकाका दीपक कटुवाल र लमजुङ दूधपोखरी गाउँपालिकाकी अप्सरा गुरुङ नक्कली प्रमाणपत्र बुझाएकै आरोपमा प्रहरी हिरासतमा पुगेका हुन्।

गुरुङले प्लस-टुसम्मको परीक्षा दिएपनि एक विषयमा फेल भएकी थिइन्। सम्बिन्धत कलेजकै प्लस-टु पास भएको नक्कली प्रमाणपत्र बनाउन उनले चितवनमा डेढ लाख रुपैयाँ खर्चेको प्रहरी बयानमा खुलाएकी छिन्। कटुवालले पनि प्लस-टु मा एक विषय लागेपछि किर्ते गर्न लगाएर पास भएको नक्कली प्रमाणपत्र माछापोखरीमा बनाएका थिए।

महाशाखाले यसअघि यसैगरी डीभी चिट्ठा परेपछि प्लस-टु पास गरेको किर्ते प्रमाणपत्र बनाएको आरोपमा गत पुसमा अमेरिकी दूतावासकै आग्रहमा चारजना पक्राउ गरेको थियो। महाशाखाको फन्दामा गुल्मीका पंकज गौतम, निरज ज्ञवाली, बालाजुका लालु विष्ट र चितवनका कृष्णप्रसाद भट्टराई परेका थिए।

उनीहरुकै सूचनाका आधारमा प्रहरीले थप अनुसन्धान गर्दा नक्कली प्रमाणपत्र बनाउने गिरोह पक्राउ गरेको हो। सुनसरी इटहरीकी तारा सुवेदी, काठमाडौं नक्सालका दीपक केसी र सल्यान रामपुरका बलबहादुर राउतलाई महाशाखाले पक्राउ गरिसकेको छ। उनीहरुले नक्कली प्रमाणपत्र बनाउन ग्राहक खोज्दै हिँड्ने गिरोहको सहयोगमा आफ्नै प्रेसमा प्रिन्ट गर्दै आएको खुलेको छ।

चार तहमा प्रमाणपत्र धन्दा
महाशाखाका प्रहरी निरीक्षक असरफ अली अन्सारीका अनुसार नक्कली प्रमाणपत्रको धन्दा चार तहमा मौलाइरहेको देखिन्छ। सुरुमा साथीसाथीकै सूचनामा ग्राहक पहिचान गर्ने, ग्राहक पहिचान भएपछि पैसाको बार्गेनिङ गर्ने दोश्रो पक्ष, तेश्रो पक्षले दोश्रो पक्षबाट सर्टिफिकेट चाहिने सम्बन्धित व्यक्तिको सम्पूर्ण विवरण माग गर्ने र चौथो पक्षले प्रेसमा प्रिन्ट गर्दै आएको प्रहरी अनुसन्धानले देखाएको छ। अन्सारी भन्छन्,‘पीडित पक्षले तेस्रो पक्षलाई चिनेका हुँदैनन्।

पैसा बार्गेनिङ भएपछि पीडितले सबै रकम पहिलो पक्षलाई नै बुझाउँछ र गिरोहले भागवण्डा गरेर लिन्छन्।’ अन्सारीका अनुसार चौथो पक्ष (प्रिन्ट गर्ने व्यक्ति) ले चारपाँच हजार रुपैयाँ लिएर प्रमाणपत्र बनाउँदै आएको देखिन्छ। ‘अहिलेसम्मको अनुसन्धानमा प्लस-टुको प्रमाणपत्र बनाउन नौ लाख रुपैंयासम्म खर्चिएका पीडित प्रहरीसमक्ष आइपुगेका छन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *