शान्त बन्दै भारत–पाकिस्तान

२०७५ फाल्गुन १८, शनिबार १९:५३ गते २०७५ फाल्गुन १८, शनिबार १९:५३ गते २०७५ फाल्गुन १८, शनिबार १९:५३ गते

नयाँ दिल्ली (एजेन्सी) । एकअर्काको भूमिमा बम समेत खसालेको भारत र पाकिस्तान पछिल्लो समय शान्त देखिएका छन् । जम्मू कश्मीरको पुलवामा जिल्लामा गएको फेब्रुअरी १४ मा भएको आतंकवादी आक्रमण भएपछि भारत र पाकिस्तानबीच हवाई आक्रमणहरु भएका थिए । त्यसपछि यी दुई आणविक शक्तिबीच युद्ध चर्कने सम्भावना बढेको थियो । तर, पाकिस्तानतर्फबाट लगातार शान्ति चाहेको आवाज आएपछि दुईदेशबीच शान्तिका संकेतहरु देखिएका छन् ।

गएको फेब्रुअरी २७ मा पाकिस्तानी सेनाले कब्जामा लिएका भारतीय वायु सेनाका एकजना कमाण्डर अभिनन्दन वर्तमानलाई शुक्रबार भारतले मुक्त गरेर भारत पठाएपछि शनिबार दुबैतर्फबाट सञ्चारमाध्यमहरु पनि शान्त देखिएका छन् ।

शनिबार सीमा क्षेत्रमा गोली हानाहानका कुनै घटना भएको देखिएको छैन । यद्यपी शुक्रबार बिहानसम्म भने जम्मू कश्मीरको सीमा क्षेत्रमा दुबैतर्फबाट गोली चलेको खबरहरु आएका थिए । भारतले आतंकवादीविरुद्ध सर्च अभियाने जारी रहने बताएको छ ।

गएको फेब्रुअरी २६ मा भारतीय वायु सेनाले पाकिस्तानको बालाकोटमा चार वटा बम खसालेको थियो । त्यसपछि २७ तारिखमा पाकिस्तानी वायु सेनाले भारतीय भूमिमा बम खसालेका थिए ।

यसपछि दुबै देशका सीमामा हाईअलर्ट जारी गरिएको थियो । यसपछि पाकिस्तानले आफ्नो आकाश बन्द गरेको थियो । यद्यपी शुक्रबार साँझसम्म पनि आकाश भने खुलाइएको छैन ।

तर, दुबैतर्फबाट शनिबार कुनै भड्काउ खालका टिप्पणीहरु भएका छैनन् । खास गरि पाकिस्तानी प्रधानमन्त्रीले शान्तिको सन्देश भनेर भारतीय सेनाका कमाण्डरलाई मुक्त गरिएपछि भारतमाथि पनि दबाब परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बेलायती समाचार माध्यम बीबीसीले ‘पाकिस्तानी प्रधानमन्त्रीले भारतीय कमाण्डरलाई छोडेपछि अब तनाव बढाउन भारतलाई पनि समस्या हुने’ उल्लेख गरेको छ । भारत र पाकिस्तानबीच तनाव युद्धसम्म पुग्ने अवस्था आएपछि अमेरिका, यूरोपेली यूनियन, नेपाल, क्यानडा, रुस र चीनलेसमेत दुबै देशलाई वार्ताबाट समस्या समधान गर्न आग्रह गरेका थिए ।

पाकिस्तानले शान्तिका लागि अग्रसरता लिएकाले भारतले अब तनाव बढाउने सम्भावना कम हुँदै गएको बताइएको छ । तर, आसन्न लोकसभा चुनावमा राष्ट्रवादी भोट आफ्नो पक्षमा ल्याउन वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी तथा उनको पार्टी भाजपाले पाकिस्तानमाथि ‘आतंकवादीलाई पालेको’ आरोप लगाउन भने नछोड्ने संकेत देखिएको छ ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतलाई शान्तिको सन्देश दिइरहँदा भारतीय प्रधानमन्त्री मोदीले एक कार्यक्रममा भनेको थिए ‘पाइलट प्रोजेक्ट भर्खर सकिएको छ, अब बाँकी काम पनि हुन्छ ।’

तर, मोदीको यस्तो भनाईको भारत भित्रै आलोचना भएको छ । सबै विपक्षी दलहरुले मतका लागि देशलाई संकटमा फसाएको मोदीमाथि आरोप लगाएका छन् । पश्चिम बंगालकी मूख्यमन्त्री ममता बनर्जीले भारतले युद्ध नचाहेको भन्दै प्रधानमन्त्रीसँग पाकिस्तानी भूमिमा भएको बम आक्रमणबारे जानकारी मागेकी थिइन् ।

Save

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *