जम्मू कश्मिरमा तनाव जारी , सिमा क्षेत्रमा ९ भन्दा बढि सेना को मृत्यु

२०७५ फाल्गुन २२, बुधबार ०६:३८ गते २०७५ फाल्गुन २२, बुधबार ०६:३८ गते २०७५ फाल्गुन २२, बुधबार ०६:३८ गते

जम्मू कश्मिरमा तनाव जारी , सिमा क्षेत्रमा आज पनि भिडन्त फागुन २१- पुलवामा आक्रमणपछि भारत र पाकिस्तानबीच देखिएको युद्धको संकट केही कम भएपनि सिमा क्षेत्रमा भने तनाव कम भएको छैन । पुलवामा आक्रमणपछि पनि भारत पाकिस्तान सिमा क्षेत्रमा तनावकै अवस्था रहेको छ ।

सिमा क्षेत्रमा भारतीय सैनिक र आतंककारीहरुबीच मुडभेठ भई नै रहेका छन् । पुलवा आक्रमणपछि पनि सिमामा भिडन्त हुँदा केही भारतीय सैनिक र आंतककारीहरु मारिएका छन् । आज पनि जम्मू कश्मिरमा सेना र आंतककारीबीच मुडभेठ भएको छ ।

त्रालमा भएको दोहोरो फाइरिङमा सेनाको गोली लागेर २ जना आतंककारी मारिएको मिडियाले जनाएको छ । सेनाले आतंककारीहरु बस्ने घरमा बिस्फोट समेत गराएको छ । जहाँ आतंककारीहरु लुक्दै आएको बताईएको छ । सेनाले घर घेरेपछि आतंककारीहरुले फाइरिङ गरेपछि भिडन्त भएको जनाईएको छ । पुलवामा आक्रमणपछि सिमामा भएको दोहोरो भिडन्तमा परी ९ भन्दा बढि सेना र आतंककारीहरुको मृत्यु भईसकेको

छएजेन्सी। भारतीय पाइलट विङ कमाण्डर अभिनन्दन वर्तमान यतिबेला मेडिकल चेकअपको प्रोसेसमा छन्। त्यसपछि उनीसँग लामो सोधपुछको क्रम सुरु हुनेछ। अभिनन्दनले गत बुधबार अर्थात २७ डिसेम्बरमा एलओसी नजिकै पाकिस्तानी फाइटर विमान जेट एफ–१६ खसालेको भारती संचारमाध्यमले दाबी गरेका थिए।तर उनको मिग–२१ विमान पनि दुर्घटना भएर एलओसी पार गर्दै पाकिस्तानमा गएको थियो।

पाकिस्तानमा पुगेका अभिनन्दनलाई पाकिस्तानी सेनाले आफ्नो नियन्त्रणमा लिएको थियो। मंगलबार एयरचीफ मार्शल बीएस धनोवाले पत्रकार सम्मेलन गर्दै के कारणले पाकिस्तानको एफ–१६ सँग लड्नकालागि मिग–२१ उतारियो भन्ने विषयमा जानकारी दिएका छन्।

धनोवाका अनसार अभिनन्दनले त्यो समय उपलब्ध फाइटर जेटलाई लिएर एफ–१६ लाई लखेट्न गएका थिए।भारतीय संचारमाध्यमले एफ–१६ लाई मिग–२१ ले खसाएपछि त्यसको विश्वभर विङ कमाण्डरको तारिफ भइरहेको जिकिर गरेका छन्।एफ–१६ अमेरिकामा बनेको अत्याधुनिक फाइटर जेट हो, जबकि मिग–२१ रुसमा बनेको ६० वर्ष पुरानो विमान हो। भारतले यसअद्धि पनि पुरानो फाइटर जेट मिग–२१ बाट टक्कर दिएको थियो। यसको प्रयोग इण्डियन एयरफोर्सले १९७० को दशकमा सुरु गरेको थियो।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *