के हो त सुतेकै समयमा मृत्यु हुने खतरनाक रोग ? कसरी हुन्छ त सुतेकै समयमा मृत्यु

२०७५ फाल्गुन २२, बुधबार १३:१२ गते २०७५ फाल्गुन २२, बुधबार १३:१२ गते २०७५ फाल्गुन २२, बुधबार १३:१२ गते

निदाएका बेला सास रोकिनुलाई डाक्टरी भाषामा “Sleep Apnea“ भनिन्छ । यो रोग आजभोली निकै चर्चाको बिषय बन्न पुगेको छ। खासमा हामी निदाउदा हाम्रो सास कैयौंपल्ट केही सेकेन्डसम्मा रोकिने गर्दछ र यो समस्या सामान्य हो तर बारम्बार यो भई राख्यो भने यो समस्याले हाम्रो ज्यान पनि जान सक्छ।

निदाएका बेला विभिन्न खालको आवाजसहित सास फेर्नु, घुर्नु, सास फेर्न गार्हो हुनु वा सास रोकिनु Sleep Apnea का लक्षणहरु हुन। ‘स्टार वार्स’की अभिनेत्री क्यारी फिसरको Sleep Apnea रोगबाट डिसेम्बर २७ मा निधन भएको थियो तर चिकित्सकहरूले हृदयघातबाट निधन भएको उल्लेख गरेका थिए , कारण निधनको सही कारण पत्ता लगाउन नसक्नु हो ।

Sleep Apnea रोगका कारणले मस्तिष्कमा अक्सिजनको कमी हुन्छ र मस्तिष्कले हामीलाई गहिरो निद्राबाट ब्युँझाइदिन्छ । यसको कारण हाम्रो निद्रा धेरै पल्ट खुल्ने गर्छ र अर्धनिद्रामा हुन्छौं, तर यी सबै हामीले ख्यालै गर्दैनौं।

“Sleep Apnea” हुनुका मुख्य कारणहरु यी हुन सक्छन:
१. उमेर :

यो रोग ४० वर्ष काटेकामा मात्र देखिएको छ ।

२. औषधि सेवन :

निद्रा लाग्ने औषधि, धुमपान र मद्यपान गर्नेलाई स्लिप एप्नियाको जोखिम बढी हुन्छ यो रोगको बारेमा धेरै मनिसहरु सचेत हुनु पर्छ र साथै बेलैमा उपचार गरी हल्नु पर्दछ।

३. मोटोपन:

धेरै मोटो हुँदा घाँटी हुने र पेटमा धेरै बोसो भएका मानिसलाई पनि Sleep Apnea हुनसक्छ।

४. पुरुष:

महिलामा भन्दा पुरुषमा यो रोगको उच्च जोखिम हुन्छ । अनुसन्धानकर्ताका अनुसार यसको सम्बन्ध मोटोपनसंग हुने अनुमान गरिएको छ।

५. गर्धनको आकार :

मोटो गर्धन हुने व्यक्तिलाई यो रोगको जोखिम बढी हुन्छ। -एजेन्सीकाे सहयाेगमा

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed