राप्ती गाउँपालिकामा घर नक्सा अभिलेखीकरण निर्देशिका २०७५ लागु

२०७५ जेष्ठ ११, शुक्रबार १५:३७ गते २०७५ जेष्ठ ११, शुक्रबार १५:३७ गते २०७५ जेष्ठ ११, शुक्रबार १५:३७ गते

ओमप्रकाश गुप्ता
सिसहनियाँ ११ जेठ । राप्ती गाउँपालिका गाउँकार्यपालिकाको २० औँ बैठकले घर नक्सा अभिलेखीकरण निर्देशिका २०७५ पारित गरेको छ । राप्ती गाउँपालिका गाउँकार्यपालिका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा शुक्रवार बसेको बैठकले सो निर्णय गरेको हो । आर्थिक वर्ष ०७४÷०७५ बैठकले घर नक्सा अभिलेखीकरण निर्देशिका २०७५ जारी गर्दै जेठ ११ गते देखी अगाडी बनेका घरहरुको अभिलेखीकरणलाई तिब्रता दिने निर्णय गरेको छ । साथै बैठकले नदी, खोलाजन्य पदार्थको उपभोग तथा परिचालन गर्न गनाहा खोला, बगासोती, करम्दी, पिपरी खोला, दोलही खोला र राप्ती नदीको चैते देखि मझेरीया सम्मको क्षेत्रको आइ ई ई गर्ने निर्णय समेत गरेको छ । बैठकले गाउँपालिका स्तरीय यातायात गुरुयोजना २०७५ लाई पनि अनुमोदन गदै आगामी दिन देखी लागु गर्ने, मेसीनरी औजार संचालन तथा भाडा सम्वन्धी निर्देशिका २०७५ र गाउँपालिकाका प्राविधिक तथा श्रेणी विहिन कर्मचारी ब्यवस्थापन सम्वन्धी कार्यविधि २०७५ स्वीकृत गरेको छ । बैठकले भवन निर्माण तथा योजना मापडण्ड २०७५ स्वीकृत गर्दै जेठ १२ गते पश्चात निर्माण हुने तथा हाल निर्माणधीन भवनहरुले अनिवार्य रुपमा भवन निर्माण तथा योजना मापदण्डलाई कडाईका साथ पालना गराउने र सो मापदण्ड विपरीत बन्ने घरहरुलाई निर्माण रोक्का गरी स्थानीय सरकार संचालन ऐन २०७५ बमोजिम कारवाही चलाउने समेत निर्णय गरेको गाउँपालिकाका प्रबक्ता विद्याशरण चौधरीले जानकारी दिएका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed