आखिर किन गरे ? कप्तान सर्जियो रामोसको रियाल मड्रिड छाड्ने घोषणा

२०७५ फाल्गुन २५, शनिबार ०८:४८ गते २०७५ फाल्गुन २५, शनिबार ०८:४८ गते २०७५ फाल्गुन २५, शनिबार ०८:४८ गते

काठमाडौं। रियल मड्रिडका कप्तान सर्जियो रामोसले क्लबबाट बाहिरिने घोषणा गरेका छन् ।गत मंगलबार राति आयाक्ससँग दोस्रो लेगमा ४–१ ले पराजित भएपछि समग्र लेगमा ५–३ लेपराजित हुँदै रियल मड्रिड च्याम्पियन्स लिगको प्रि–क्वाटर फाइनल राउन्डबाटै बाहिरियो । घरेलुमैदानमा भएको दोस्रो लेगमा सर्जियो रामोस उपस्थित थिएनन् ।

खेलपछि ड्रेसिङ रुममा रामोस र क्लब प्रमुख फ्लोरेन्टिनो पेरेजबीच विवाद भएको बताइएको छ ।सोही क्रममा रामोसले आफूले क्लब छाड्ने चुनौती दिएको बताइएको छ । खबरहरुका अनुसारपेरेजले खेलपछि आफ्ना खेलाडीहरुलाई गाली गरेका थिए । पेरेजले टोलीलाई धैर्यता नभएको,लामो समय भएपनि अभ्यासमा कमजोरी गरेको र टोलीलाई लाज लाग्नुपर्ने बताएका थिए ।

खेलाडी तथा प्रशिक्षकहरुकै बीचमा रामोसले पेरेजलाई ‘तिमी पैसा देऊ म क्लब छाड्छु’ भनेको बताइएको छ । उनले भने, ‘मैले क्लबका लागि सबै दिएको छु । त्याग गरेको छु । क्लबकोलागि र तिम्रो लागि मेरो अनुहारमा समेत चोट लागेको छ ।’ यस सिजन रियल मड्रिड निकैखराब परिस्थितीमा गुज्रिरहेको छ ।

च्याम्पियन्स लिग र कोपा डेल रेबाट बाहिरिसकेको मड्रिडको आशा ला लिगा हो । त्यसमा समेत मड्रिड कमजोर छ । यस सिजन रियल मड्रिड एल–क्लासिकोमा चार पटक प्रतिस्पर्धामा उत्रिएकोथियो । तीमध्ये ३ खेलमा मड्रिड बार्सासँग पराजितभयो । एक खेलमा बराबरी खेल्यो । गतसिजन क्रिस्टियानो रोनाल्डोले क्लब प्रमुख पेरेजकै कारण मड्रिड छाडेका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *