काठमाडौं, फागुन २६ । स्पेनिस ला लिगमा बार्सिलोनाले अग्रता बढाउँदै लागेको छ। बार्सिलोनाले शनिबार राति खेलमा पछि परेको स्थिति उल्टाउदै रायो भालेकानोमाथि ३–१ को जित निकाल्दै अग्रता बढाएको हो।
खेलको २४ मिनेटमा डे तोमास गोमेजले गोल गरेर भालेकानोलाई अग्रता दिलाएका थिए। तर जेरार्ड पिकेले ३८ मिनेटमा बराबरी गोल फर्काउन सफल भए।
लिओनल मेसीले ५१ मिनेटमा पेनाल्टीमा गोल गर्दा बार्सिलोनाले अग्रता लियो। लुइस सुआरेजले ८२ मिनेटमा बार्सिलोनाका लागि तेस्रो गोल गरेका थिए।
लिगको अन्य खलमा एट्लेटिको म्याड्रिडले लेगानेसलाई १–० र गेटाफेले हेउसालाई २ؘ–१ ले पराजित गरेका छन्। अलाभेस र एइबारबीचको खेल १–१ गोलको बराबरीमा सकियो।
लिगको शीर्ष स्थानको बार्सिलोनाको २७ खेलबाट ६३ अंक छ। दोस्रो स्थानको एट्लेटिकोको समान खेलबाट ५६ अंक छ भने एक खेल कम खेलेको तेस्रो स्थानको रियल म्याड्रिडको ४८ अंक छ।
Views: 0