काठमाडौं – रुसमा सम्पन्न खेलको चर्चा सेलाउन नपाउँदै सन् २०२२ को कतार फुटबल विश्वकपको तयारी सुरु भएको छ ।सन् २०२२ को कतार फुटबल विश्वकपमा ४८ टिमको सहभागिता बनाउन सकिने बताइएको छ ।अहिलेसम्म भने ३२ टिम खेल्ने हिसाबमा कार्यक्रमको तयारी गरिएको छ । यद्यपि यो प्रतियोगितामा ४८ टिम पनि हुन सक्छन् ।
फिफाको बैठकमा टिमको संख्या कति राख्ने भन्ने बारे अन्तिम फैसला हुने बताइएको छ । फिफाले बढ्ने टिमका लागि बहराइन, कुवेत, ओमान, साउदी अरब र युएइमा नयाँ स्टेडियमको खोजी सुरु गरेको छ । कतारले विश्वकपको लागी ८ स्टेडियम बनाइरहेको छ । जुन ५ देशमा स्टेडियम खोजि भइरहेको छ ती स्टेडियमको दर्शक क्षमता कम्तीमा ४० हजार हुनुपर्नेछ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0