ओमप्रकाश गुप्ता
भालुवाङ २० जेठ । सुन्डवरी सामुदयिक वनको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । समितिकी अध्यक्ष भीमा भुसालको अध्यक्षता एवं लमही नपा १ का वडा अध्यक्ष नुमराज पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा आर्थिक प्रतिवेदन कार्यालय सचिव कल्पना चौधरीले र वार्षिक प्रतिवेदन सचिव मेघबहादुर विसीले प्रस्तुत गरेका थिए । सोही अवसरमा समितिमा रही उत्कृष्ट कार्य गरेको भन्दै ४ जना पदाधिकारीहलाई सम्मान गरिएको थियो । कार्यक्रममा इलाका वन कार्यालय लमहीका प्रतिनिधि पूर्णबहादुर डाँगी, भीमा खनाल, प्रत्रकार श्रवण वस्नेत लगायतले बोलेका थिए । सारदा वञ्जाडेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव मेघबहादुर विसीले गरेका थिए ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0