अब काठमाडौका सडकमा धुलो चैट, छिनछिनमै बढार्न ल्याईयो यस्ता यन्त्र……(हेर्नुहोस् पुरा बिवरण)

२०७५ फाल्गुन ३०, बिहीबार २०:५१ गते २०७५ फाल्गुन ३०, बिहीबार २०:५१ गते २०७५ फाल्गुन ३०, बिहीबार २०:५१ गते

काठमाडौ । काठमाडौ उपत्यका पछिल्ला दिनहरुमा माक्स नलगाईकन यात्रा गर्ने अवस्था रहेको छैन । कलंकी नागढुंगाका स्थानीयले त अत्ति भएर सडक नैं बन्द गर्नुपर्ने अवस्थाको सिर्जना भयो । विकास निर्माणका काम तिव्र रुपमा सुचारु हुने तर समयमा नै सम्पन्न नगर्ने समस्याले गर्दा उपत्यकाको अवस्था निकै चिन्ताजनक बनेको छ ।

तर, अब सर्वसाधारणको यो समस्या टर्ने भएको छ काठमाडौ महानगरपालिकाले ४ वटा नयाँ ब्रुमर ल्याएको छ । काठमाडौलाई धुलोरहित बनाउँन महानगरपालिकाले ८ करोडभन्दा बढी खर्चेर इटालीबाट ४ वटा ब्रुमर ल्याएको हो ।

नयाँ प्रविधिको ब्रुमर भएकाले अब काठमाडौंका धुलोमुक्त पार्न सहज हुने महानगरपालिका प्रमुख विद्या सुन्दर शाक्यको दाबी रहेको छ ।

महानगरपालिकासँग भएका पुराना ब्रुमरले टिपेको धुलो माथिबाट फेरि खस्ने गरेको थियो । तर, अब महानगरका बढी भीडभाड हुने क्षेत्रमा यी ब्रुमरले सडक बढार्दै धुलो तानेर सफाइ गरिने मेयर शाक्यले जानकारी दिनुभयो ।

विमानस्थल, सिनामंगल, बानेश्वर, त्रिपुरेश्वर, टेकू, कालीमाटी, कलंकी, टुँडिखेल, सिंहदरबार, दरबारमार्ग, चक्रपथ लगायतका मुख्य सडक क्षेत्रका साथै स्वयम्भु, पशुपति, बौद्ध, हनुमानढोका जस्ता ऐतिहासिक सम्पदा क्षेत्रहरुमा ब्रुमरले सफाइ गर्ने शाक्यले जानकारी दिनुभयो ।

प्रमुख शाक्यले भन्नुभयो, ‘पहिले भन्दा स्पिडमा काम हुन्छ, अब यसले पनि पुगेन भने थप दुई वटा ल्याउँछौं । अब चालकलाई नयाँ ब्रुमर चलाउन सिकाउने तयारी छ । ‘दुई दिन जति ड्राइभरलाई सिकाउन भनेका छौं, त्यसपछि ब्रुमर फिल्डमा उत्रिन्छ ।’

यस्तैं महानगरपालिकाले इटालीबाट पाँच वटा ब्रुमर ल्याउने योजना बनाइरहेको छ । अहिले ढुवानीमा केही समस्या हुँदा अलिक समय पछि ल्याइने भएको छ । एउटा ब्रुमरलाई महानगरपालिकाले २ करोडभन्दा बढी खर्च गर्ने गरेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *