वाल संरक्षण प्रणालीबारे पाँच दिवसीय तालिम सुरु

२०७५ जेष्ठ २०, आईतवार १५:५६ गते २०७५ जेष्ठ २०, आईतवार १५:५६ गते २०७५ जेष्ठ २०, आईतवार १५:५६ गते

ओमप्रकाश गुप्ता
भालुवाङ २० जेठ । गढवा गाउँपालिकाको सहयोग र महिला तथा वालवालिका शाखाको आयोजनामा आईतवार देखि गढवामा समुदायमा आधारित वाल संरक्षण प्रणलीबारे पाँच दिवसीय तालिम सुरु भएको छ । साविक गढवा, गंगापरस्पुर, गोवरडिहा र कोईलाबासबाट छानीएर आएका २५ जना आमाहरुलाई वालवालिकाको संरक्षण, सम्वर्धन, शिक्षा, स्वास्थ्य, प्रजनन प्रणाली, र वाल विकासका बारेमा प्रशिक्षण दिईने महिला तथा वालवालीका शाखाका प्रमुख जिवन कुमारी जिसीले बताए । गाउँपालिकाका महिला बिकास शाखाका सहायक प्रमुख चन्द्रा वलीको अध्यक्षता र न्यायिक समितिका संयोजक एवं गढवा गाउँपालिका उपाध्यक्ष शान्ती चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पत्रकार शिबराज पन्थी, मनोविमर्सकर्ता निर्मला पाण्डेय र रेडक्रसका सामुदायिक स्वयंसेवक सविना खातुन लगायतले बोलेका थिए । उद्घाटन कार्यक्रमको सञ्चालन जिवन कुमारी जिसीले गरेकी थिइन् । पाँच दिनसम्म चल्ने तालिमको सहजिकरण महिला तथा वालवालिका कार्यालय दाङका प्रमुख बिष्णुमणी जोशी, श्याम घिमिरे, जिवन जिसी र चन्द्रा वली खड्काले गरेकी थिइन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *