समानता सहकारीद्धारा सुत्केरी हुन आउने आमालाई सहयोग

२०७५ जेष्ठ २२, मंगलवार १४:२० गते २०७५ जेष्ठ २२, मंगलवार १४:२० गते २०७५ जेष्ठ २२, मंगलवार १४:२० गते

ओमप्रकाश गुप्ता
भालुवाङ २२ जेठ । समानता बचत तथा ऋण सहकारी संस्था लि. गढवा गाउँपालिका १ जेठानगाउँले गोवरडिहा स्वास्थ्य चौकीमा सुत्केरी हुन आउने आमाहरुलाई स्वास्थ्य र सरसफाईका लागि सर्फ, सावुन, र आयोडिन नुन गर्ने भएको छ । सहकारी संस्थाले सोमवार स्वास्थ्य चौकीमा एक कार्यक्रमको आयोजना गरी ६ महिना सम्मका लागि गोवरडिहा स्वास्थ्य चौकीका प्रमुख शत्रुधन मण्डललाई सो सामाग्री हस्तान्तरण गरेको हो । सुत्केरी, आमा, बच्चा तथा घर परिवारको सरसफाईमा ध्यान दिनुपर्ने सन्देश दिन सो सामाग्री सहयोग गर्न थालिएको सहकारी संस्थाका अध्यक्ष बेगमबहादुर गहतराजले जानकारी दिएका छन् । मासिक रुपमा गोवरडिहा स्वास्थ्य चौकीमा २० जना आमा सुत्केरी हुन आउने गरेका छन् । स्वास्थ्य चौकीमा सुत्केरी हुन आउने आमाहरुलाई सावुन, सर्फ र आयोडिन १–१ थान प्रदान गरिने छ । संस्थाका अध्यक्ष गहतराजको अध्यक्षता एवम् गढवा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष बाबुराम अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष भक्तु चौधरी,वडा नम्बर का अध्यक्ष तुलसीराम अधिकारी लगायतका वक्ताहरुले बोलेका थिए । कार्यक्रमको सहजीकरण संस्थाका व्यवस्थापक पुर्णबहादुर सुनारले गरेका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *