देउखुरीमा यात्रुवाहक बस दुर्घटना हुँदा ५ वर्षिय बालिकाको मृत्यु

२०७५ जेष्ठ २५, शुक्रबार ०४:०९ गते २०७५ जेष्ठ २५, शुक्रबार ०४:०९ गते २०७५ जेष्ठ २५, शुक्रबार ०४:०९ गते

ओमप्रकाश गुप्ता
सिसहनियाँ २५ जेठ । बस दुर्घटना हुँदा देउखुरीमा एक जनाका भारतीय मुलका ५ वर्षिक बालकको मृत्यु भएको छ । जनकपुरबाट नेपालगञ्जका लागि छुटेको ना ५ ख १८२९ नम्बरको यात्रुबाहक वस शुक्रवार विहान साढे ६ बजेको समयमा राप्ती गाउँपालिका वडा नम्बर ५ पहरुवा स्थित लठ्ठहवा कुलोमा खस्दा दुर्घटना भएका हो । दुर्घटनामा परी भारत उत्तर प्रदेश लक्षीमपुरका ५ वर्षिय नुरवी नाइको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ । बसमा सवार ४०–४५ जना यात्रु मध्ये ३१ जना घाइते भएका छन् । घाइते मध्ये ३० जना गम्भीर घाइतेको कोहलपुरमा र अन्यको लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । चालक र सहचालकको भने पहिचान हुन सकेको छैन । बस चालक निदाउँदा सो दुर्घटना भएको बताइएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *