नेपाली इन्जिनियर जसले बनाए काठकै साइकल, विश्वलाई पारे चकित (हेर्नुहोस भिडियो सहित)

२०७५ चैत्र ३, आईतवार १९:४६ गते २०७५ चैत्र ३, आईतवार १९:४६ गते २०७५ चैत्र ३, आईतवार १९:४६ गते

काठबाट साइकल बनाएर मणि हर्क राईले ठुला ठुला इन्जिनियरलाई मात दिएका छन्। उनले आफै तयार पारेको काठको साइकल चलाएर बाटोमा हिड्दा सबै हेरेको हेरै पर्छन। उनी काठका मिस्त्री हुन्।

आजभन्दा ३३ बर्ष अघि उनीसँग भएको फलामको साइकल हरायो। नयाँ साइकल किन्ने उनीसँग पैसा थिएन। त्यसपछि उनले आफुले जानेको सीपलाई प्रयोग गरि काठको साइकल बनाए।

जसले बाजार आउँन जान निकै सहज बन्यो। उनलाई साइकल बनाउन धेरैले माग गरे तर राईले बनाएनन्। पछि उनी रोजगारका लागि विदेश गए। त्यहाँबाट धेरै सिप सिकेर स्वदेश फर्किए

। उनलाई अझै धेरै नयाँ वस्तुहरु बनाउने इच्छा छ।६ कक्षामात्र पास गरेका उनको दिमागले हेलिकप्टर जस्ता उड्ने चिज बानाउने कल्पना गर्छ। उनी भन्छन, ‘अबसर र ज्ञान पाए म अझै धेरै आविष्कार गर्थे, मेरो कला देखेर सबैले जापानमा जन्मिनुपर्ने मान्छे भन्छन।’ उनले साइकल देखि आगो फुक्ने औजार, धान झार्ने मेसिन आदि बनाएका छन्। उनको भविष्यमा एउटा संग्रालय नै खोल्ने सपना छ।हेर्नुहोस भिडियो :

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *