नेपाली काङग्रेस सल्यानको बृहत भेला कपुरकोटमा सम्पन्न

२०७५ जेष्ठ २८, सोमबार १३:३१ गते २०७५ जेष्ठ २८, सोमबार १३:३१ गते २०७५ जेष्ठ २८, सोमबार १३:३१ गते

तुल्सिराम शर्मा
जेष्ठ २८ दाङ
नेपाली काङग्रेस कपुरकोटले एक कार्यक्रम गरी बृहत भेला सम्पन्न गरेको छ । नेपाली काङग्रेसको बिधान अनुसार सकारात्मक राज्य ब्यबस्था अनुसारका समिति हरु बनेका र हालएर संघिय राज्य अनुसार संचालन गर्नु पर्ने भएकाले नेपाली काङग्रेसको बिधानमा पनि संसोधन गर्नु पर्ने भएकाले उक्त संसोधित बिधानमा पनि बिभिन्न कुराहरु समाबेश गर्नको लागि उक्त भेला गरीएको कपुरकोट गाँउपालिका सदस्य तुल्सिराम शर्माले जानकारी दिनुभयो ।

बिधानमा ५ किसिमको तहगत संरचना ब्यबस्था गर्ने ,सबै भन्दा तल्लो तहको वडा इकाई समिति हुनुपर्ने ,नगर स्तरीय समिति बाट प्रदेश र संसद क्षेत्र स्तरीय समितिबाट छनोट भएर गएका प्रतिनिधिहरु बट चएन गरीने, गाँउपालिकाले संचालन तथा सम्पन्न गरेका काम कार्बाहिको अनुगमन तथा आगामि योजनाहरुको छनोट गरी उक्त योजनाहरुलाई सुझाव स्वरुप गाँउपालिका कार्यालयमा बुझाउने लगाएतका कुराहरुको निर्णय उक्त भेलाले गरेको हो ।

नेपाली काङग्रेस कपुरकोट गाँउपालिकाका सभापति मिन बहादुर सेनको अध्यक्षतामा तथा नेपाली काङग्रेस जिल्ला कार्य समिति सदस्य अब्दुल रहमान र नेपाली काङग्रेस जिल्ला कार्यसमिति सदस्य कमल घर्ति मगरको बिशिष्ट आतिथ्यतामा सम्पन्न भेलाको सहजिकरण गाँउपालकिा सदस्य कुबेर खत्रिले गर्नु भएको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *