बिहान कहिल्यै नगर्नुस् यी ५ काम नत्र जिवन भर दुख र अभाव हुनेछ : सबैले अबश्य हेर्नुहोस।

२०७५ चैत्र ५, मंगलवार ०५:५४ गते २०७५ चैत्र ५, मंगलवार ०५:५४ गते २०७५ चैत्र ५, मंगलवार ०५:५४ गते

बूढा पाकाहरूले जीवनका बारेमा भनेका कतिपय कुराहरू वैज्ञानिक छन्। तर पछिल्लो समयमा मानिसहरू बूढा पाकाले भनेका जीवन सम्बन्धी महत्वपूर्ण कुराहरूलाई वास्ता नै गर्दैनन्। यहाँ त्यस्तै मान्यताको चर्चा गरिएको छ जुन बिहानमा उठ्ने बित्तिकै गर्नु निक्कै अशुभ मानिन्छ।

बिहान उठ्ने बित्तिकै गर्नै नहुने ५ कामः

सहवास नगर्नु

बिहान उठ्ने बित्तिकै सहवास गर्नु राम्रो मानिँदैन। बिहानको सहवासमा शरीरमा जम्मा भएको सकारात्मक उर्जा नष्ट हुने र नकारात्मक उर्जा भरिने शास्त्रीय मान्यता छ। सके सम्म बिहानमा सम्भोग गर्नु हुँदैन।

ऐना नहेर्नु

बिहान उठ्ने बित्तिकै मानिस अल्छी हुन्छ। र मानिसको अनुहारमा आलस्य झल्किन्छ। बिहान उठ्ने बित्तिकै ऐना हेर्दा त्यो आलस्यको मुद्राले दिनभरी नकारात्मक प्रभाव पार्छ। त्यसकारण उठ्ने बित्तिकै ऐना हेर्ने बानी छ भने आजै देखि छोडिदिनुस्। ऐना हेर्नु भन्दा पहिले हत्केला हेर्नुस्।

बाँदरको नाम नलिनु

बिहान उठेर बाँदरको नाम नलिन सुझाव दिन्छन् शास्त्रका ज्ञाताहरू। बिहानै बाँदरको नाम लिँदा दिनमा खाना खान ठोस्या हुने उनीहरूको भनाइ छ। बिहानमा बाँदरको नाम सके सम्म उच्चारण नै नगर्नुस्।

तेलको भाँडो र सियो धागो नहेर्नु

बिहान उठ्ने बित्तिकै तेल राखेको भाँडो वा सियो धागो प्रयोग नगर्नुस्। यी २ बस्तु उठ्ने बित्तिकै हेर्न नहुने शास्त्रीय मान्यता छ । यस्ता सामान राख्दा बिहान उठ्ने बित्तिकै नदेखिने ठाउँमा राख्नु बुद्धिमानी हुन्छ।

घर फोहोर नराख्नु

उठ्ने बित्तिकै फोहोर सफा गरिहाल्नुस्। बिहानको समयमा घरमा लक्ष्मी प्रवेश गर्ने समय मानिन्छ। बिहान उठ्ने बित्तिकै घर सफा गर्नु सबै भन्दा उत्तम मानिन्छ। सके सम्म यस्तो सफाइ घरका महिलाले गरेको राम्रो भनिएको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *