ओमप्रकाश गुप्ता
भालुवाङ ३० जेठ । राप्ती गाउँपालिका गाउँकार्यपालिकाको आर्थिक वर्ष २०७४÷०७५ को २१ औँ बैठक बुधवार गाउँकार्यपालिका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा बसी महत्वपुर्ण निर्णय गर्दै सम्पन्न भएको छ । बैठकले पर्यटन गुरुयोजनामा परेका प्रमुख ४ धार्मिक तथा पर्यटकीय स्थल वडा नम्बर १ को खड्केश्वरी मन्दिर, २ को हर्षेडाँडा, ५ को खौराहा मन्दिर र ९ को देवीकोट मन्दिर तथा पर्यटकीय स्थलको डिपीआर गर्ने, गाउँपालिका भित्रको क्षेत्रबाट जाने पुर्व पश्चिम रेलमार्गलाई पहिलेको सर्वे अनुसार कार्यगर्न र हाल पछिल्लो सर्बे अनुसार कार्य गर्दा क्षति बढी हुने रेल विभागमा जानकारी गराउने निर्णय गरेको गाउँपालिकाका प्रबक्ता विद्याशरण चौधरीले जानकारीदिएका छन् । साथै बैठकले आगामी गाउँसभाको तयारी तिव्र गर्ने, वडा बस्तीमा साना कुलामा लगाउने गरी वडागत होमपाइप वितरण गर्ने, गाउँपालिकाको बस्तुस्थिती विवरण तयार गर्न तथ्याङ लिने कार्यलाई तिब्रता दिने निर्णय समेत गरेको प्रबक्ता चौधरीले बताए ।
Views: 0