यसकारण मधेसमा आफ्नो पकड गुमाउदै छ काँग्रेस !

२०७५ चैत्र ६, बुधबार १०:१७ गते २०७५ चैत्र ६, बुधबार १०:१७ गते २०७५ चैत्र ६, बुधबार १०:१७ गते

वैभवशाली इतिहास बोकेको नेपाली काँग्रेस हरेक परिवर्तनको मोडहरूमा आफूलाई सफल उभ्याउन सफल भयो । राणा, राजा, र पञ्चायत फाल्न सक्ने काँग्रेस, गणतन्त्र ल्याउन सक्ने र संविधान निर्माण गर्न सक्ने काँग्रेस यति बेला यति कमजोर किन भयो ? निर्वाचन पराजयमा हार नखाएको काँग्रेस प्रतिबन्धित अवस्थामा नथाकेको काँग्रेस, मुलुकलाई प्रजातान्त्रिकी करण गरेको काँग्रेस आफू प्रजातान्त्रिक किन हुन सकेन ? मधेस र मधेसी जनताको हक अधिकारका लागि लडेको काँग्रेसले मधेसमा आफ्नो बलियो उपस्थिति गराउन किन सकेन ? युवा विद्यार्थीहरूका लागि लड्ने काँग्रेस युवा विद्यार्थीहरूको प्रिय किन बन्न सकेन ? आदि तमाम प्रश्न जनताले काँग्रेसलाई सोधिरहेको मात्रै छैनन् कि वर्तमान कम्युनिस्ट सरकारको व्यथितिको विरुद्ध सडकदेखि सदनसम्म मधेुदेखि पहाड र हिमालसम्म काँग्रेसको बलियो र सशक्त उपस्थिति खोजिरहेका छन् ।तर काँग्रेस कुनै पनि राजनैतिक मुद्दाहरूमा एकरुपता र संस्थागत बोल्दैन । नेताहरू बोल्छन् आ–आफ्नै नेतैपच्छिेका व्यक्तिगत धारणा मात्र बोल्छन् । बैठक बस्छन् अबको पार्टी लाइन बारे दृष्टिकोण निर्माण गर्न सक्दैनन् । पहिला पहिला काँग्रेसको निर्णय हेरेर मात्र अन्य पार्टीले आफ्नो धारणा बनाउँथे, काँग्रेस निर्णय देशको निर्णय हुन्थ्यो ।

अहिले अरूको निर्णय हेरेर मात्र आफ्नो धारणा बनाउने कमजोर कोणमा उभिएको छ काँग्रेस । रातारात खतरनाक राष्ट्र घाती निर्णय हुन्छन् । काँग्रेस थाहा पाउँदैनन् एउटा शक्ति रातारात खतरनाक राष्ट्र घाती निर्णय हुन्छन् काँग्रेस थाहा पाउँदैन, एउटा शक्ति रातारात विखण्डनकारीबाट राजनैतिक राष्ट्रवादी भयौँ भन्छ, काँग्रेस कसैले ठिक र कसैले बेठिक हो भन्छ । प्रजातान्त्रिक व्यवस्थामा एउटा दललाई प्रतिबन्ध सरकारले लगाउँछ तर काँग्रेस नेतृत्व ठिक छ भन्छ तर पार्टी प्रवक्ता गलत भन्दछन् र अन्य नेताहरू पनि आ–आफ्नै धारणामा मात्र बोल्दछन्, पार्टीको धारणा यो हो भनेर कोही पनि बोल्दैनन् । मधेसमा काँग्रेसको पकड रहँदै आएको थियो । मधेसको शक्ति सामर्थ्य देखाएर पार्टीभित्र मधेसी नेताहरूले ठुला ठुला पद ओगटे तर मधेसमा काँग्रेस उपस्थिति कमजोर हुँदै गएको छ । विगत देखि नै काँग्रेसले मधेसलाई महत्त्व दिँदै आएको थियो । मधेसी जनताको हक, हित र अधिकारको लागि लड्दै आएको थियो तर अहिले मधेसलाई देखाएर महत्त्वपूर्ण पद ओगट्ने तर मधेसी जनताको न्याय हक हित र अधिकारलाई तिलान्जली दिएकै कारण मधेसमा काँग्रेस पकड गुम्दै गएको छ । वर्तमान नेकपा सरकारले आफ्नो कमजोर उपस्थिति भएकै कारण सिके राउत जस्तो विखण्डनकारी शक्तिलाई राजनैतिक मुलप्रभावमा ल्याएँ भनेर काँग्रेस विरुद्ध वैकल्पीत शक्ति खडा गरेको छ भने अर्को तर्फ मधेसका क्षेत्रीय दलहरू मधेस राजनीतिमा काँग्रेसलाई चुनौती दिई रहेका छन् ।

एकातिर विप्लव वैकल्पिक प्रतिपक्ष भएर सरकारलाई चुनौती देदिईरहेको बेलामा काँग्रेस नेतृत्वको धारणा आउँदैन के हो त काँग्रेस ? के काँग्रेस उठ्नै नसक्ने हो र ? के काँग्रेस राजनैतिक मुद्दा विहीन भएको हो ? के काँग्रेस नेताहरू पद पैसा र प्रतिष्ठाका लागि मात्र लडिरहेका छन् ? गुम्दै गएको मधेस राजनीतिको सवालमा के हो काँग्रेस ? जनस्तरबाट काँग्रेसको भूमिकाको खोजी गर्नुपर्ने बेला आएको छ । वर्तमान राजनैतिक अवस्थालाई चिर्दै सङ्गठन निर्माण कार्यमा किन चुक्यो त काँग्रेस भन्ने सवालहरूमा काँग्रेस वृत्तमा नै निराश छाएको छ । काँग्रेसको एजेन्डा नेविसंघ २३ वर्ष लगाएर विघटन गर्ने, तरुण दल विस्तार नै नगर्ने, अन्य भातृ भगेनी सङ्गठन अलपत्र पारेर काँग्रेस बलियो हुँदैन । अब नेकपाको कमजोरीले मात्र हाम्रो भविष्य राम्रोको सपना नदेखे हुन्छ काँग्रेस नेतृत्वले । जिम्मेवारी पाएकाहरूले राम्रोसँग पदीय जिम्मेवारी अनुशासन पूर्वक निभाउनु काँग्रेस आफैँ राम्रो हुन्छ  प्रजातान्त्रिक पार्टीमा प्रजातान्त्रिक व्यवहार गर्न पनि सिके बल्ल काँग्रेस मधेस देखि पहाडसम्म राम्रो हुन्छ नत्र भने राम राम भन्ने उखान सिद्ध नहोला भन्न सकिन्न ।

मोतिलाल भण्डारी (नेविसंघ पूर्व केन्द्रीय सदस्य)

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *