प्रेमीसँग मिलेर श्रीमान् हत्या गर्नेलाई अदालतले सुनायाे जन्मकैदको फैसला

२०७५ चैत्र ७, बिहीबार १५:४१ गते २०७५ चैत्र ७, बिहीबार १५:४१ गते २०७५ चैत्र ७, बिहीबार १५:४१ गते

धनकुटा / धनकुटा जिल्लाकाे हिलेमा ५ महिना अघि हत्या गरिएका इटहरीका ३८ वर्षीय रामबावु चौधरीको हत्यामा संलग्न २ जनालाई जिल्ला अदालत धनकुटाले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालत धनकुटाका न्यायधिश विनोदकुमार पोखरेलको एकल इजालासले साे फैसला सुनाएकाे हाे ।

२०७५ साल अशोज २९ गते दशैंको टिकाको दिन हत्या गरिएका रामबावु चौधरीको मुख्य याेजनाकार अाफ्नै रामबावु चौधरीको वर्ष २९ की प्रिया चौधरी र उनकी प्रेमी धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं.९ घर भै हाल सुनसरी जिल्लाको वराहक्षेत्र न.पा.वडा नं.५ कालावन्जार घर भएका वर्ष ३१ का सविन राईसंगकाे प्रेम सबन्धकाे कारण हत्या भएकाे थियाे ।

हत्या गर्ने मुख्य याेजनाकार निज चौधरीका श्रीमती प्रिया चौधरी र हत्यारा सविन राईलाई जिल्ला अदालत धनकुटाले २ लाख रूपैया जरीमाना सहित जन्मकैदको फैसला सुनाएको हाे।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *