साफ च्याम्पियनशीप: भारतलाई ३-१ ले अग्रता, नेपाली खेलाडीहरुको प्रदर्शन फितलो बन्दै

२०७५ चैत्र ८, शुक्रबार १६:५८ गते २०७५ चैत्र ८, शुक्रबार १६:५८ गते २०७५ चैत्र ८, शुक्रबार १६:५८ गते

विराटनगर, ७ चैत । विराटनगरमा जारी साफ महिला च्याम्पियनशीपको पाँचौ संस्करणको फाइनल खेलमा भारतले ३÷१ को अग्रता लिन सफल भएको छ । खेलको ७५ औ मिनेटमा अञ्जु तामाङले कुनै गल्ती नगरी जाली चुमाउँदा भारतले अग्रतालाइै ढुक्कको स्थितिमा पु¥याउन सफल भएको छ ।यस अघि खेलको ६२ औं मिनेटमा ग्रिस डुंगमीको एकल प्रयासको राम्रो गोलमा भारतले अग्रता लिन सफल भएको हो । नेपाली डिफेन्सहरुको गल्ती र गलत समन्वयको फाइदा उठाउँदै डुंगमीले गोल
गर्न सफल भएकी थिइन ।

दुई गोलले पछि परेको नेपाली टालीका खेलाडीहरुको खेल पनि फितलो बन्दै गएको छ ।कुनै डरलाग्दो आक्रमणहरु समेत नेपालको तर्फबाट हुन सकेको छैन । यद्धपि खेलको ८१औं मिनेटमा सावित्रा भण्डारीले गरेको राम्रो मेहनत असफल भएको थियो । यस अघिमध्यान्तरसम्मको खेल १ ÷ १ को बराबरीमा टुंगिएको थियो ।खेलको ४३ औ मिनेटमा सावित्रा भण्डारी साम्बाले स्वर्ण अवसरमा गरेको राम्रो प्रयास असफल हुँदा नेपालले अग्रता लिने मौका गुमाएको थियो । उनको प्रहारलाई भारतीय गोलरक्षकले मुश्किलले दुई पटक असफल बनाएकी थिइन । यस अघि डालिमा छिप्परको गोलबाट भारतले अग्रता लिएको थियो । छिप्परले खेलको २६ औ मिनेटमा पाएको फ्रिकिकलाई आकर्षक ढंगले सोझै गोलमा परिणत गरेकी थिइन । तर सावित्रा भण्डारीले खेलको ३२ औं मिनेटमा हेड मार्फत गोल गर्दै खेललाई बराबरीमा पु¥याएकी थिइन ।खेलको शुरुवातदेखि नै दबाब बनाएको नेपालले भने धेरै अवसरहरु गुमाएको छ । यद्धपि खेललाई नियन्त्रणमा राखेको नेपालले एक पछि अर्को दबाब सिर्जना गरिरहेको छ । नेपालकी चर्चित स्ट्राइकर सावित्रा भण्डारी साम्बामाथि भारतीय रक्षापंक्तिको निगरानी बढी भएपछि उनले चलेर खेल्न सकिरहेकी छैनन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *