दोलखा ९ चैत्र । गाैरीशङ्कर क्याम्पसकाे अायाेजनामा दाेलखा सदरमुकाम चरिकाेटमा सम्पन्न भएकाे भीमेश्वर नगरपालिकाव्यापी अन्तर मा बि विद्यालय तथा क्याम्पस स्तरीय शिक्षक भलिबल प्रतियोगितामा भीम मावि दोलखा ले उपाधि हात पार्न सफल भएको छ । दोलखाको सदरमुकाम चरिकोट मा आयोजित प्रतियोगितामा भीम मा वि दोलखा सग सर्व मावि जिलु साेझाे सेटमा पराजित हुँदा सर्व मावि जिलु उपविजेता बनेकाे छ भने क्षमावती माविले बुढाभीमसेन मावि, धरमघरमाथि जित निकाल्दा तेस्रो स्थानमा चित्त बुझाउन सफल भएकाे क्याम्पस प्रमुख शान्त बहादुर के सी ले जानकारी दिए ।
भीम मावि दोलखा का तर्फबाट सहभागी खेलाडी शिक्षकहरु भी मा बि दोलखा का प्र. अ सुन्दर खड्का टाेली नेता रहेको टिम मा चन्द्रकृष्ण खड्का , किरण पाख्रिन, लक्ष्मीश्वर मण्डल, जीवन चाकुबजी , हरिष बडू, शेषनाथ अाचार्य ,नागेश्वर राय
,सविन दाहाल र दयाराम यादव रहेको क्याम्पस उपप्रमु सुबास रिमाल ले बताए । गौरीशंकर बहुमुखी क्याम्पस दोलखा को ३८ औं वार्षिक उत्सव को अबसर मा आयोजित भलिबल खेलमा गौरीशंकर बहुमुखी क्याम्पस चरिकोट बुढाभीमसेन धरमघर ,सुर्के मा बि खरिढुङ्गा , क्षमावती मा बि सुस्पा ,सर्ब मा बि जिलु र भीम मा बि दोलखा ले सहभागी जनाएको क्याम्पस परिवार ले जानकारी दिए को छ ।
क्याम्पस ले आफ्नो वार्षिक दिवस को अबसर पारेर विद्यार्थीहरुमा हाजिरीजवाफ , कविता प्रतियोगिता , एकल गायन , सास्कृतिक कार्यक्रम,२०० मिटर डौड, विद्यार्थी सम्मान लगायत को कार्यक्रमहरु आयोजना गरिएको क्याम्पस ब्यबस्थापन समिति का अध्यक्ष राजेन्द्र मानन्धर ले बताए ।
Views: 0