ओमप्रकाश गुप्ता
भालुवाङ १० असार । राप्ती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७५÷२०७६ का लागि ४२ करोड भन्दा बढी बजेट सहित आइतवार तेस्रो गाउँसभा मार्फत आफ्नो नीति कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले प्रस्तुत गरेको निति तथा कार्यक्रमको पहिलो प्राथमिकतामा भौतिक तथा पुर्वाधार बिकास कार्यक्रम परेको छ । भौतिक पुर्वाधार बिकास गर्दा राप्ती गाउँपालिका भित्र चक्रपथ, प्रमुख २ नदीहरुमा पक्की पुल, विभिन्न गाउँ जोड्ने सडक कालोपत्रे गर्ने निति लिइने उल्लेख गरिएको छ । त्यसै गरी दोस्रो प्राथामिकतामा सामाजिक विकासलाई अगाडी सारेको छ । जसमा स्वास्थ्य र शिक्षा क्षेत्रलाई अगाडी सारेको छ भने तेस्रो प्राथामिकतामा आर्थिक संवाहकहरुमा कृषि,उद्योग,पर्यटन,ब्यापार बित्त तथा सहकारी लगायतका क्षेत्रलाई समेटेको छ । त्यसै गरी विपद व्यवस्थापक र संस्थागत विकास सुशासन तथा सेवा प्रवाहलाई पनि जोडेको छ । गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षता एवम् प्रतिनिधि सभाका सदस्य मेटमणी चौधरीको प्रमुख आतिथ्यतामा भएको गाउँसभामा प्रतिनिधि सभाका सदस्य गंगा थारु, पुर्व सांसद सुशिला चौधरी, नेकपाका किरण भण्डारी, धर्मराज अधिकारी, नेपाली काग्रेसका दुर्योधन पाण्डे, राजमोका केशवराज खनाल, राप्रपाका बाबुराम मल्ल, साविक लालमटिया गाविसका अध्यक्ष द्रोण भुसाल, साविक सिसहनियाँ गाविसका अध्यक्ष शिवा शर्मा,राप्ती उद्योग वाणिज्य संघ भालुवाङका अध्यक्ष जगतप्रसाद पोख्रेल, भालुवाङ नगर विकास समितिका अध्यक्ष ओमप्रकाश विसी, भालुवाङ होटल व्यवसायीय संघका अध्यक्ष महेश बेल्वासे, नागरिक समाज देउखुरीका संयोजक दामोदर भण्डारी,नेपाल भारत मैत्री संघका अध्यक्ष टोपबहादुर कार्की, स्थानीय वनमहासंघका अध्यक्ष हरि भुसाल,भृकुटी महिला विकास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हिमाली न्यौपाने, हरियाली बचत तथा ऋण सहकारीका अध्यक्ष शिवध्वज मल्ल, समाजसेवी तथा बुद्धिजिवीहरु रामप्रसाद चौधरी, नरबहादुर केसी, शान्तराज शर्मा लगायतका वक्ताहरुले बोलेका थिए । गाउँपालिका उपाध्यक्ष जगदम्बा कुमारी चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले गरेका थिए ।
Views: 0