झुपडीमा हुर्केर हाइस्कुल पढेकी १७ बर्षीय प्रतिमा एमबीबीएसमा १ नम्बरमा नाम निकाल्न सफल (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

२०७५ चैत्र ११, सोमबार १२:१७ गते २०७५ चैत्र ११, सोमबार १२:१७ गते २०७५ चैत्र ११, सोमबार १२:१७ गते

बांकेको खजुरा गाउँपालिका ४ डि गाउँ की १७ वर्षीया प्रतिमा शर्माले गाउँको नै इज्जत राखेको भन्दै पुरै गाउँले नै खुसी भएका छन् । यि १७ वर्षीया युवती पुरै गाउँकै छोरी भएकी छन् ।तपाईले देख्नुभयो यो प्रतिमा जन्मिएको झुपडी हो । उनी यस्तो झुपडीमा हुर्किइन् । तर उनी भित्र भने सपनाको विशाल महल थियो । आज त्यो पुरा हुने संघारमा छ । यस्तो झुपडीमा जन्मिएर सरकारी विद्यालयमा पढेर एसइइ पास गरेकी प्रतिमाले गाउँकै इज्जत माथि उठाएर एमविविएसमा १५ हजार विद्यार्थीलाई उछिनेर नाम निकालिन् ।

आमा सिताले मासिक ६ हजार रुपैया कमाई हुने मजदुरीको काम गरेर छोरीलाई डाक्टर बनाउने सपना देखिन् । बुवा यहि झुपडीको पिडिमा बसेर छोरीले डाक्टर बनेर यस्तै झुपडीमा बस्नेहरुको सेवा गरोस् भन्ने चाहना राखे । आज भने बुवा आमाले देखेको त्यो सपना पुरा गर्ने बाटो पहिल्याएकोमा प्रतिमाले निकै गर्व गरेकी छन् ।प्रतिमाले एमविविएसमा नाम निकालेको थाहा पाउनासाथ सो वडाका अध्यक्ष तिलकविर सुनार सहितको टोलिले आफ्नो गाउँमा राम्रो चिकित्सक बनाउने अठोट सहित प्रतिमालाई सहयोग गर्ने प्रतिज्ञा गरे । अहिले उनी तिलक लगायत त्यस्तै सहयोगी हातहरुको भरोसामा एमविविएसको तयारी गरेकी छन् ।सबैको आशिर्वाद र भरोसा लिएर काठमाडौं आएकी प्रतिमा अब डाक्टर बनेर सोही गाउँको सेवा गर्न चाहन्छिन् । आर्थिक विपन्नताका बावजुद पनि आमा बुवाले देखाएको साहस प्रति उनी नतमस्तक छन् । साथै आगामी दिनमा पनि त्यस्तै सहयोगको अपेक्षा गरेकी छन् ।

बाँकेको खजुरा ४ डि गाउँ की प्रतिमा शर्माले नेपाल सरकार को विपन्न आरक्षण कोटामा एमविविए पढ्न नाम निकाल्न सफल भए पछि उनको डाक्टर बन्ने सपना पुरा हुने भएको छ । तर त्यसको लागि भने ठूलो धनराशी चाहिने छ । त्यसैले उनले आगामी दिनमा पनि सबैसंग आर्थिक सहयोगको अपेक्षा गर्दै लाइट नेपाल मार्फत अपिल गरेकी छन् ।

यो पनि पढ्नुस

मानिस स्वभावैले लोभी प्राणी मानिन्छ । कुन चाहि मानिसलाई रहर नहोला र धनी बन्ने। पक्कै पनि सबै व्यक्तिलाई धनी बन्ने रहर छ तर, केही व्यक्तिले मात्र त्यो रहर र सपना पूरा गर्न सक्छन् । यस्तै धनी मध्यका एक हुन् भारतका भारतका धनाढ्य मुकेश अम्बानी।उनी अथक प्रयास, मिहिनेत र लगनशीलताका कारण प्रेरणाको स्रोत नै बन्न पुगे। तपाई हामीलाई लाग्न सक्छ उनी कसरी भए धनी हामी कसरी बन्न सक्छौं त्यसै भएर उनी कसरी धनी भए त रु भन्ने बिषयमा हामी यहाँ छोटकरीमा चर्चा गर्दछौं ।उनी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट प्रतियोगिताको टिम मुम्बईका मालिक पनि हुन्।

१) पैसाको पछि दौडिँदैनन्

मुकेश आफ्नो बुबालाई गुरु मान्छन् । पैसाको पछाडि दौडिँदैमा सफल व्यवसायी बन्न सकिँदैन भन्ने धारणा छ ।

२) साहसी व्यक्तित्व

उनी आफूलाई साहसी व्यक्तिका रूपमा स्थापित गर्छन् जसले गर्दा हरेक चुनौतीको सामना गर्न तयार हुन्छन् ।

३) पर्याप्त खर्च गर्छन्

उनी व्यवसायमा मात्रै होइन, आफ्नो सोखका लागि पनि पर्याप्त खर्च गर्छन् ।

४) आफैँलाई विश्वास गर्छन्

उनी आफैँलाई विश्वास गर्छन् र हरेक परिस्थितिका लागि तयार हुन्छन् । उनले जीवनमा थुप्रै समस्या झेलेका छन्।

५) ठूलो सपना

ठूलो व्यवसायी बन्न ठूलै सपना देख्नुपर्छ भन्ने उनको मान्यता छ । तर्सथ उनी ठूलो सपना देख्छन् र पूरा नभएसम्म आरामले निदाउन समेत सक्दैनन् ।

६) निरन्तर खट्छन्

दौडको बीचमा आराम गर्नेहरूलाई सफलता प्राप्त हुँदैन भन्ने उनको मान्यता छ । प्रतिस्पर्धी बजारमा कसैले कसैलाई नपर्खने भएकाले सफलताका लागि आफैँ सक्रिय हुनुपर्ने उनको तर्क छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *