काठमाडौं । विश्व सुन्दरी ऐश्वर्या राय सदावहार सुन्दरीका नाममा अहिले पनि चर्चित छिन् । एक सन्तानकी यि आमा वच्चन परिवारसँग जोडीएपछि पनि केही सफल फिल्म दिन सफल भएकी छिन् । छोरी आरध्य करिब एक दशककी हुन लाग्दा उनी पुन गर्भवती भएको कुरा बाहिरीएको छ । ऐश्वर्याको फोटो सामाजिक सञ्जालमा भाईरल भएपछि ऐश्वर्या गर्भवती भएको कुरा अनुमान गरीएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
होलीमा गोवा गएको समयमा खिचिएको फोटो सामाजिक सञ्जालमा भाइरल बनेपछि उनी गर्भवती भएको हुनसक्ने आशंका गरिएको हो । होलीमा लगाइएका ड्रेसमा उनको बढेको पेटको आकारमा आधारमा पनि मिडियामा खबर आएको हुनसक्ने फिल्मकर्मीहरुको भनाई छ । मिडियामा ऐश्वर्या गर्भवती भएको खबर भाइरल भए पनि परिवार र ऐश्वर्या स्वयमले भने यस विषयमा अहिलेसम्म केही प्रतिक्रिया भने दिएका छैनन ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0