दिपक वली
घोराही ११ असार
दाङको घोराहिमा जारी प्रथम मेयर कप फुटवलको उपाधी वडा नम्मर १५ ले हात पार्न सफल भएको छ । सोमवार भएको फाइनल खेलमा वडा नम्मर ६ लाई १ का बिरुद्ध २ गोल गर्दै वडा नम्मर १५ ले उपाधी हात पारेको हो ।
फुटबल खेल जिते संगै वडा नम्मर १५ले नगद १ लाख रुपैया सिल्ड तथा प्रमाण पत्र हात पारेको छ भने उप बिजेता वडा नम्मर ६ ले ५० हजार शिल्ड र प्रमाण पत्र हात पारेको छ । गत जेठ २५ गते देखि सुरु भएको प्रथम मेयरकपको फाइनल खेलको पहिलो हाफमा वडा नम्मर १५ का टिम क्याप्टेन गोपाल कँवरले पेनाल्टि बाट शुरुवाती गोल गरेका थिए भने खेलको दोस्रो हाफमा वडा नम्मर ६ का शरद पोख्रेलले गोल फर्काएर खेललाई बरावरीमा पु¥याएका थिए ।
त्यसपछि निर्धारित ९० मिनेटको समय सकिएपछि थपिएको अतिरिक्त समयलाई सदुपयोग गर्दै वडा नम्मर १५ का निमेश थापा मगरले ह्याट्रिक गरी निर्णायक गोल गर्दै वडा नम्मर १५लाई जिताउन सफल भएका हुन । प्रथम र दृतिय हुने टिमलाई घोराही उपमहानगरपालिका प्रमूख नरुलाल चौधरी तथा प्रदेश संसद रेवतीरमण शर्माले पुरस्कार तथा प्रमाण पत्र बितरण गरेका हुन ।
प्रतियोगितामा घोराही उपमहानगरपालिकाका १९ वडाका १९ टिमको सहभागिता रहेको थियो । खेल लिग चरणमा खेलाइएको थियो । एकैदिन खेल सुरु भएतापनि तुलसीपुरको मेयर कप प्रतियोगिता भने नकआउट सिस्टम वाट खेलाइएका कारण असारको पहिलो दिनमै तुलसीपुरमा प्रतियोगिता सकिएको थियो । तुलसीपुरमा प्रथम हुने टिमलाई ५० हजार पुरस्कार रासी राखिएको थियो ।
Views: 0