साउदी जेलभित्र तीन नेपाली महिला सुत्केरी, बाबुको पहिचान छैन् पूरा हेरि शेयर गरौं काठमाडौं । साउदी अरबस्थित नेपाली दूतावासले आफ्नो सेल्टरभित्र सुत्केरी भएकी महिलालाई नेपाल फर्काउन सकेको छैन । बाबुको पहिचान नभएका शिशुको ट्राभल डकुमेन्ट बनाउने स्पष्ट आधार नभएकाले सुत्केरीलाई फर्काउन नसकिएको दूतावासले जनाएको छ ।सांकेतिक तस्वीर माघ १५ गते सेल्टरमै सुत्केरी भएपछि एम्बुलेन्स बोलाएर अस्पताल पठाइएकी ती महिलालाई डिस्चार्ज भएलगत्तै दूतावासले डिपोर्टेसन सेन्टर ९जेल० पठाएको छ । एकमहिने शिशुलाई सेल्टरमा राख्न नसकिने भएकाले प्रहरीको सहयोगमा सेन्टर पठाएको राजदूत महेन्द्रसिंह राजपुतले जानकारी दिए । बच्चाको बाबु पहिचान नभएकाले उनीहरू तत्काल स्वदेश फर्कन पाउने स्थिति छैन । ‘आमालाई पठाउन समस्या छैन, शिशुलाई पठाउन समस्या हो,’ राजपुतले भने, ‘बाबुको पहिचान भएको छैन । यस्तो अवस्थामा कसरी ट्राभल डकुमेन्ट जारी गर्ने भनेर हामी अलमलमा परेका छौं ।’ साउदी जेलमा तीन सुत्केरी महिला शिशुसहित बसेका छन् ।
उनीहरू सबै जना घरेलु कामदार (हाउसमेड) हुन् । कुवेतबाट साउदी ल्याइएका ती महिलाका शिशुको बाबुको पहिचान खुलेको छैन । “यी महिलाको सवालमा दुई समस्या छ एक यीनीहरुदे एक्जिट भिसा (निश्कने भिषा) र बच्चाको ट्राभल भिसा बनेको छैन्”, उनले भने नेपाली बाबु भए समस्या छैन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।.पर्वत ।गुडिरहेको बसमा ढुंगा खस्दा पर्वतको कुस्मा अर्मादीमा दुई जना यात्रु घाइते भएका छन ।पोखराबाट मुस्ताङ्ग तर्फ जाँदै गरेको
बसमा ढुंगा खस्दा एक जना भारतीय पर्यटक सहित दुई जना यात्रु घाइते भएका हुन ।पर्वतको कुश्मा नगरपालिका–४ अर्मादीमा सडक निर्माणका क्रममा डोजरले खन्दा शनिवार दिउँसो सडक माथिबाट खसेको ढुंगा बसभित्र छिरेको थियो । ग१ख ५५९६ नम्बरको पर्यटक बसमा सडक माथिबाट खसेको ढुंगाले लाग्दा ८० बर्षिय भारतीय पर्यटक मनुभाई पट्टेल र पोखराका १९ बर्षिय सुनिल पौडेले घाईते भएको प्रहरीले जनाएको छ ।
उनीहरुको धौलागिरी अञ्चल अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि गण्डकी अस्पताल पोखरा पठाईएको पर्वतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो । बसका सह–चालक रहेका सुनिल र भारतीय नागरिक पट्टेलको खुट्टामा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ मध्य पहाडी लोकमार्गको पोखरा –बागलुङ्ग खण्ड स्तरउन्नतीको क्रममा अर्मादीमा भिर काट्ने काम भैरहेको छ ।
सवारी साधन रोकेर स्काभेटरले भीर काट्नु पर्नेमा सवारी साधन गुडिरहँदा स्काभेटर अपरेटरले अटेर गर्दा दुर्घटना हुन पुगेको प्रत्यक्षदर्शी यात्रुले बताएका छन ।जब भिभीआईपी नै जाममा परगुडिरहेको बसमा ढुंगाले लागेर यात्रु घाइते भएपछि सडकको कुस्मा– अर्मादी खण्डमा केहीबेर सडक नै अबरुद्ध हुन पुगेको थियो ।सडक अबरुद्ध हुँदा बागलुङ्गमा आयोजित नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुल
शिलन्यास गरेर पोखरा तर्फ फर्कदै गरेका राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना समेत जाममा परेका थिए ।यात्रु घाइते भएको र सडक जाम भएको अबस्थामा अध्यक्ष तिमिल्सीनाले घाइतेका आफन्तलाई सडकमा झरेर भेट गर्दै नआत्तिन आग्रह पनि गरे । उनले घाइतेको अबस्था हेरी हेलिकप्टरमा नै उपचारका लागि पठाउन पर्वतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल सहितका सुरक्षा प्रमुखलाई निर्देशन पनि दिए । उनले घाइतेको उपचारको ब्यबस्था हुने र मुस्ताङ्ग स्थित मुक्तिनाथ मन्दिरमा राम्रो संग पुजाआजा गरेर फर्कन पर्यटकहरुलाई आग्रह पनि गरेका थिए ।
दमौली-पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौली–डुम्रे सडक खण्डमा आज बिहान ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ८ ख ३५२७ नं को ट्रकको ठक्करबाट ब्यास नगरपालिका–१२ घाँसी कुवामा बिग्रिएर बनाउन राखेको ट्रकलाई ठक्कर दिँदा चितवन टाँडीका सन्तोष राईको घटनास्थलमै मृत्यु भएको हो ।ट्रकको ठक्करबाट ठेगाना नखुलेका किरण राई घाइते भएका छन् । उनको दुवै खट्टा र शरीरको विभिन्न भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
उनलाई थप उपचारका लागि पोखरा पठाइएको छ ।बिग्रिएर बनाउन लागेको ना १ ख ६१६२ नं को ट्रकलाई ना ८ ख ३५२७ नं को ट्रकले ठक्कर दिँदा ट्रक चालक राईको मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । उक्त ट्रकले सोही ठाउँमा बा १८ च ७७८७ नं को हाइलक्स र ग १६ प ११७५
नं को स्कुटरलाई समेत ठक्कर दिएको थियो ।बारा– सभ्य र मर्यादित होली पर्व मनाउन प्रशासनले आग्रह गरे पनि यस बर्ष बारामा अपराधिक घटनाहरु रोकिएको छैन्। होली खेल्ने बहानमा पुरानो रिसइबीहरु साध्दा एक दर्जन भन्दा बढी अपराधिक घटनाहरु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।होलीको दिन प्रसौनी गाउँपालिका ६ बेलहिया टोलमा दुई समूहबीच झडप हुँदा छुरा प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् भने दुई जना समान्य घाइते भएको बारा प्रहरीले जनाएको छ।पुरानो रिसइबी साधनको लागि होलीको दिन बिहिबार राती दुई समूहबीच झडप हुँदा एक पक्षका श्याम सुन्दर साह, धर्मेन्द्र साह घाइते भएका छन्
भने अर्को पक्षका नागेन्द्र साह सोनार घाइते भएका बाराका प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताए।झडपमा श्याम सुन्दर साहको पेटमा छुरा हानिएको अवस्था रहेको छ भने धर्मेन्द्र साहलाई सामान्य चोट लागेको र दुबै जनाको वीरगन्जको नेशनल मेडिकल कलेजमा उपचार भई रहेको उनले बताए। झडपमा घाइते भएका अर्को पक्षका नागेन्द्र साह सोनारको चितवनको भरतपुर शिक्षण उपचार भइरहेको प्रहरीले जनाएको छ।श्याम सुन्दर साहको साथीको खेतमा लगाएको मकैको घोघालाई नागेन्द्र साह सोनारका नातीले डोरेको बिषयमा दुबै पक्षबीच होली भन्दा केही दिन पहिला समान्य झडप भएको थियो।
होलीको केही दिन पहिला दुई पक्षबीच बेलहियामा सामान्य झडप भएपछि दुबै पक्षले एक अर्कोलाई कारवाही गर्नको लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए। दुबै पक्षबाट उजुरी परेपछि बारा
प्रहरीले घटनाबारे बुझ्नको लागि दुबै पक्षलाई होलीपछि चैत १० गते आइतबारको लागि बोलाएको छ।चैत ७ गते बिहिबार होलीको दिन जैतापुरमा पनि दुई पक्षबीच झडप भएको बारा प्रहरीले जनाएको छ। शिवनाथ पटेलको नाती सुबोध पटेल र राजकुमार मण्डलका घरका बच्चाहरु बीच शुरुमा सामान्य विवाद भएको उपरीक्षक भट्टराईले बताए। शुरुमा पटेल र मण्डल परिवारको बच्चाहरु बीच विवाद भएको र त्यसलाई दुई पक्षका ब्यक्तिहरुले समूह बनाएर झडप गर्न शुरु गरेको उनले बताए। झडपमा दुबै पक्षका केही ब्यक्तिहरु समान्य घाइते भएको उनले बताए।दुई समूहबीच झडप शुरु भएपछि बारा प्रहरीले एका पक्षका राजकुमार मण्डल, रमेश मण्डल र अर्को पक्षको किशन बरै, ललन बरै गरी पाँच जनालाई नियन्त्रण लिँदा अप्रिय घटना घट्नबाट बचेको एसपी भट्टराईले बताए।महागढीमाई नगरपालिका र देवताल गाउँपालिकामा पनि होलीको दिन दुई समूहबीच समान्य झडप भएको र प्रहरीको सक्रियताले ठूलो घटना हुनबाट बचेको भट्टराईले बताए।उनका अनुसार होलीमा अपराधिक घटनाहरु घट्न नदिनको लागि सतर्कता अपनाए पनि गाउँ गाउँमा पहिलादेखि रहेका दुई समूहबीचको रिसइबी होलीमा नै साधन खोजिएकोले त्यसलाई रोक्नमा चुनौती बनेको छ।
Views: 0