दाङमा एन्फा कप अन्तर बिद्यालय फुटबल प्रतियोगिता हुने

२०७५ असार १४, बिहीबार १३:४७ गते २०७५ असार १४, बिहीबार १३:४७ गते २०७५ असार १४, बिहीबार १३:४७ गते

दिपक वली
असार १४ घोराही
दाङ जिल्ला फुटबल संघले अन्तर बिद्यालय एन्फा कप फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।नेपाल सरकार तथा युवा खेलकुद मन्त्रालयको कार्यक्रम अनुसार राष्ट्रिय खेलकुद परिषदको समन्वयमा अखिल नेपाल फुटबल संघको बार्षिक कार्यक्रम अनुसार दाङ जिल्ला फुटबल संघको आयोजनामा दाङ जिल्ला स्तरिय एन्फा कप अन्तर बिद्यालय छात्र तथा छात्रा फुटबल प्रतियोगिता यहि असार १८गते देखी संञ्चालन गर्ने जनाएको छ ।
प्रतियोगितामा सहभागिताका लागी यहि असार १६गतेसम्म बिद्यालयका द्छात्र तथा छात्राहरुले नियम पुर्वक टिम दर्ता गराउन सक्ने घोराही एन्फा कपका संयोजक गोपाल श्रेष्ठले जानकारी दिनुभयो । दाङको घोराहीमा रहेको भरतपुर खेलमैदानमा र तुलसीपुरमा रहेको अरनिको मैदानमा गरी २ स्थानमा फुटबल प्रतियोगिता संञ्चालन हुने जनाईएको छ ।

यसैगरी टिम दर्ताको लागि घोराही उपमहानगर पालिका स्थित ब्याडमिन्टन कभर्डहलमा रहेको दाङ जिल्ला फुटबल संघको सम्पर्क कार्यालयमा बिहान ११ बजे देखि बेलुकि ५ बजेसम्म यहि १४ गते देखि १६ गते सम्म सम्र्पक गर्न पनि आयोजकले अनुरोध गरेको छ । एन्फा कप फुटबल खेल नकआउट चरणबाट खेल हुने जानकारी दिदै अन्तर बिद्यालय छात्र तथा छात्रा फुटबल प्रतियोगितालाई भब्यताका साथ सफल पार्न सम्पुर्ण उद्योगि ,ब्यबसायि ,स्थानिय सरकार ,पत्रकार ,सुरक्षा निकाय ,दंगालीबासी ,फुटबल प्रेमि ,फुटबल सुभेच्छुक तथा सुभचिन्तक , पुर्व फुटबल खेलाडि र स्थानिय फुटबल क्लबहरु संग सहयोग तथा सद्भावको पनि अपेक्षा गरेको छ ।

दाङ एन्फा कप २ समुहमा प्रतियोगिता गरेर घोराहीबाट २ वटा बिद्यालयको फुटबल टिम र तुलसिपुरबाट २ वटा बिद्यालयको फुटबल टिम बिच क्रस म्याच खेल तालिका अनुसार उद्घाटन समारोह तुलसिपुरमा र समापन समारोह घोराहीमा हुने पनि आयोजकले जानारी दिएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *