काठमाण्डौ – सुनको भाउ शुक्रबार तोलामा ६ सय रुपैयाँ घटेको छ । सुनको भाउ शुक्रबार तोलाको ५९ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन तोलाको ६० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ घटेकाले नेपाली बजारमा पनि सस्तो भएको हो । बिहीबार प्रति औंस १३ सय ११ डलरमा कारोबार भएको सुनको भाउ शुक्रबार २० डलर घटेर प्रति औंस १२ सय ९१ डलरमा झरेको हो । यस्तै चाँदी पनि शुक्रबार तोलामा ५ रुपैयाँ घटेको छ । चाँदी शुक्रबार तोलाको ७ सय ३५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0