अन्तत: पूर्व बाल लडाकू पुगे अन्तराष्ट्रिय अदालत, प्रचण्डलाई लाग्यो झट्का!

२०७५ चैत्र १५, शुक्रबार १५:१५ गते २०७५ चैत्र १५, शुक्रबार १५:१५ गते २०७५ चैत्र १५, शुक्रबार १५:१५ गते

तत्कालिन माओवादी द्वन्द्वको समयमा आफ्नो स्वार्थको लागि बालबालिकाहरुलाई तत्कालिन अध्यक्ष प्रचण्डको निर्देशनमा प्रयोग गरिएको प्रति अन्तराष्ट्रिय सामुदाय तथा बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाहरु विराध गर्दै आएका छन्। र ती बालबालिकाहरुलाई न्याय दिलाउनैको लागि द्वन्द्वको समयमा बालसेनाका रूपमा प्रयोग गरिएका लेनिन विष्ट सरकारको आखाँबाट बच्दै नेदरल्यान्ड पुगेका छन् । विष्टले युरोपियन युनियनको हेडक्वार्टरमा आयोजित बैठकमा भाग लिने गरी नेदरल्याण्ड पुगेका हुन्। अन्तराष्ट्रय संचारमाध्यमहरुले जर्मनीका सांसदहरूसँग उनको छुट्टै छलफल हुने उल्लेख गरेका छन्। उनको स्वीट्जरल्यान्डको जेनेभामा उच्च तहका मानव अधिकारकर्मी, सांसद, मन्त्रीलगायतसँग भेटघाट तथा छलफल कार्यक्रम तय भएको स्रोतको भनाइ छ । केही महिनाअघि विष्टलाई कतार विमानस्थलमै रोक्न प्रयास भएको थियोे । नेपालको गृह मन्त्रालयद्वारा जारी भएको नोटिस अध्यागमन विभागमा यथावत् भएकाले केहीबेरको छलफलपछि मात्र आफूलाई ‘जान दिने’ निर्णय भएको उनले फेसबुकमा उल्लेख गरेका छन्

तीन महिनासम्म युरोपमा रहँदा लेनिनले माओवादीले बालबालिकाहरूलाई कसरी हिंसात्मक युद्धमा दुरुपयोग गरेका थिए, सम्झौतामार्फत उनीहरू सत्ता राजनीतिमा आइसकेपछि तीन हजारभन्दा बढी बालसेनालाई कसरी अलपत्र बनाइयो र आफ्ना अधिकार एवं हितका निम्ति संगठित आवाज उठाउँदा माओवादीले कसरी दुःख कष्ट दियो भन्नेलगायतका विषयमा विश्व समुदायलाई जानकारी गराउने बताइएको छ । लेनिन विष्ट माओवादीले दुरुपयोग गरेका तीन हजारभन्दा बढी बालसेनामध्ये एक हुन् । बाह्र वर्षको उमेरमै माओवादीको सम्पर्कमा पुर्‍याइएका विष्ट २०६३ को परिवर्तनलगत्तै आफूहरूलाई उपेक्षा गरिएपछि बाल सैनिकलाई संगठित गरी त्यसको प्रमुख बनेका थिए । उनले निर्माण गरेको संस्थामा माओवादीले दुरुपयोग गरेका २९७३ जना किशोरकिशोरी संगठित भएका छन् । बालसेनालाई संगठित गर्न थालेपछि माओवादीले लेनिनलाई निकै दुःख, कष्ट र सास्ती दिएको थियो । ०६८ सालमा भक्तपुरको सल्लाघारीस्थित लेनिनको डेरामा आक्रमण गरी लुटपाट गरिएको थियो ।

गत कात्तिकमा बैंककमा आयोजित कार्यक्रममा सहभागी हुन जान लाग्दा गृह मन्त्रालयको निर्देशनमा उनलाई विमानस्थलबाटै जबर्जस्ती फर्काइएको थियो । तर, यसपटक भने उनी युरोप पुगेका छन् । उनको भ्रमणको सम्पूर्ण खर्च नेदरल्यान्ड सरकारले व्यहोर्ने भएको छ । रनेदरल्यान्डस्थित अन्तर्राष्ट्रिय अदालत ९हेग० मा आयोजना हुने विशेष कार्यक्रममा लेनिनले आफू तथा आफूजस्तै बालबालिकालाई माओवादीले कसरी दुरुपयोग गर्‍यो र उनीहरूले सत्ता पाइसकेपछि कसरी दुःख दिए भन्ने विषयमा जानकारी गराउने भएका छन् । हिंसात्मक युद्धकालमा भएको विभिन्न आपराधिक कार्यका लागि प्रचण्ड लगायतका नेताहरू कानुनी कारबाहीको दायरामा पुग्ने सम्भावना बढेको छ । लेनिन विष्टको युरोप भ्रमण प्रचण्डलगायत तत्कालीन माओवादी नेताहरू तनावित भएका छन्। १० वर्ष हिंसात्मक द्वन्द्वकालमा भएको विभिन्न आपराधिक कार्यका लागि माओवादी नेताहरू कानुनी कारबाहीको दायरामा पुग्ने सम्भावना बढेको छ । लेनिन विष्टलाई युरोपेली मुलुकहरूले उच्च महत्व दिनुे अर्थपूर्ण मानिएको छ। नेपाल पानाबाट साभार

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *