जनकपुरधाम । बेटी बचाऊ, बेटी पढाऊ कार्यक्रमअन्तर्गत प्रदेश २ सरकारले छोरी जन्मे एक लाख रुपैयाँको बिमा गर्ने भएको छ। सरकारले २० वर्ष उमेर पुगेपछि उनीहरुले उक्त रकम लिन सक्ने गरी ८ वटै जिल्लामा जन्मेका बालिका शिक्षा बिमा कार्यक्रम सुरु भएको हो।लामो समय मधेसमा छोरीहरुले चरम विभेद सहँदै आएका छन्। सरकारले यो योजनाबाट छोरीहरुलाई उच्च शिक्षा आर्जन गर्न सहयोग पुग्ने उद्देश्य राखेको छ ।
मधेसमा छोरीको जन्ममा आमाबाबुसमेत खुसी नहुने अवस्था थियो। त्यही संस्कारलाई बदल्न प्रदेश सरकारले बेटी बचाऊ, बेटी पढाऊ कार्यक्रम अघि सारेको हो।मन्त्रिपरिषद् कार्यालयका सचिव टिकामणि न्यौपानेका अनुसार यो कार्यक्रम सुरु भइसकेको छ । यसका लागि ६ वटा बैंक तथा २ वटा बिमा कम्पनीले प्रस्ताव हालेका थिए। तर, सबैको मूल्यांकन गरी प्रभु बैंक लिमिटेड जनकपुर शाखालाई छनोट गरिएको उनले बताएका छन्।‘बैंक छनोट भइसकेपछि अब सर्त प्रक्रिया तयार गर्ने काम भइरहेको र चाँडै नै बैंकसँग सम्झौता हुनेछ,’ न्यौपानले बताएका छन् । यो खबर आजको अन्नपुर्ण पोस्ट् दैनिकमा छ ।
र यो पनि : भारतले नेपालमा आउने सिटामोलमा ज्यानमारा भाईरस “Machupo” मिसाएको सनसनीपूर्ण खुलासा
स्वस्था रहनु सबैको चाहना हो तर पनि रुघा खोकी ज्वरो आउनुलाई हामी सामान्य लिन्छौं । रुघा खोकी ज्वरो आउदा हामीलाई झट्ट सम्झिने औषधिको नाम हो “सिटामोल” । प्राय घरमा अटुट रुपमा राखिने औषधि पनि यहि नै हो ।डाक्टरको परामर्श बिना नै हामी सिटामोल सेवन गर्ने गर्छौ र तत्काललाई आफ्नो स्वस्थ स्थितिमा सुधाकिन भाइरल भयो सिटामोल ? ज्यानमारा भाइरस “Machupo” को सिटामोल माथि आक्रमणर भएको महसुस गर्छौं ।सन् २०१७ को सुरुवात देखि नै एउटा प्यारासिटामोलको बारेमा एउटा ठुलो हल्ला चली रहेको छ जसले गर्दा औषधि उद्पादक कम्पनिलाई पनि टाउको दुखाईको बिषय बनेको छ तर यो दुखाई सिटामोल खाएर ठिक हुने खालको भने हैन ।
त्यसैले उद्पदक लाई सन्चो हुन खाने औषधि नै दुखाईको कारण बनेको छ ।भारतीय औषधि उद्पदक कम्पनि Apex Laboratories Private Limited ले बजारमा ल्याएको “P-500Paracetamol” मा “Machupo Virus” पाइएको र यसको सेवन गरेमा ज्यान सम्म जाना सक्ने भनि सामाजिक सन्जाल मा भाइरल भै रहेको छ ।अहिले पनि कति फेसबुक र अरु सामाजिक संजाल मार्फत यस विषयमा म्यासेजहरु पठाउने काम भै रहेको छ । सो म्यासेजमा उल्लेख भए अनुसार “P/500” नामक उक्त प्यारासिटामोल बजारमा नया आएको र धेरै सेतो अनि टल्किने खालको रहेको र सेवन नगर्न भनिएको छजसमा विश्व कै खतरानाक र ज्यानमारा “Machupo” भाइरस पाइएको भनिएको छ ।
जसको सेवन ले मानिसको ज्यान सम्म जाने भनिएको छ । सामाजिक संजालमा प्रचार भै रहेको यो हल्ला तल देखाइए अनुसार छ ।हल्ला जसरि फ़ैल्याइए पनि यो समाचार निराधार रहेको र हल्ला मात्र रहेको भनिएको छ।अहिले सम्म यस औषधिको सेवनबाट कुनै पनि त्यस्तो घटना सार्बजनिक नभएको जनाइएको छ । भारत, सिंगापुर, मलेसिया लगायत देशहरुले यो सबै हल्लामा कुनै सत्यता नरहेको भनि पुष्टि गरेको छ ।यस्तो भाइरसहरु औषधिमा बच्न सक्ने भए पनि लामो समय सम्म सुख्खा ठाउँमा रहन नसक्ने बिषेशाग्यहरु बताउछन् ।
जस्ता सुकै हल्लाहरु आए पनि हल्लाको पछि नलाग्नु होला । सानो तिनो बिरामी भनेर कहिले पनि हेलचेक्र्याइँ नगर्नु होला डाक्टरको परामर्श बिना कुनै पनि औषधि सेवन नगर्नु होला । जथाभावी सेवन बाट हुन सक्ने खतराबाट बच्नु होला । यो समाचार माथि उल्लेखित औषधि सेवन गर्नको लागि सिफारिस गर्नको लागि नभई यस सम्भंधि बजारमा चलेको हल्लालाई केलाउने सानो प्रयास गरिएको हो ।
Source:Gorkhali Khabar
Views: 0