घोराही १५ असार
नरदेबि माद्यामिक बिद्यालय घोराही ९ तेघरामा आज वृक्षारोपण गरिएको छ ।
नरदेबि माबि तेघरा बालक्लबको आयोजनामा बिद्यालय हाताभित्र बालक्लबको पहलमा जिल्ला बन कार्यालयले उपलब्ध गराएका कपुर, निम, लहरे असोक, राजवृक्ष, गोलमर जातका बिरुवा रोपिएको हो ।
बिद्यालयमा बगैँचा निमार्ण तथा बिद्यालयको वातावरण हरियाली बनाउने उद्देश्यले बालक्लबले आज वृक्षा रोपण गरेको हो ।
बालक्लबका बिद्यार्थिहरुले एक बिद्यार्थि २ बिरुवा हुर्काउने अभियान अन्तरगत आज धान दिवसको अवसर पारेर वृक्षारोपण गरिएको बालक्लबकी अध्यक्ष सृजना पौडेलले बताएकी छन ।
नरदेबि माबि बालक्लब तेघराले बिद्यालयमा साप्ताहिक तथा पाक्षिक रुपमा बिभिन्न सृजनात्मक काम गर्दै आएको नरदेबि माबि तेघराका बालक्लब संरक्षक शिक्षक अमर क्षितिज भण्डारीले जानकारी दिनु भएको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0