काठमाडौं । प्रधानमन्त्रीले केपी शर्मा ओलीले भ्रष्ट्राचारी जो सुकै भएपनि कार्बाही गर्ने प्रतिवद्धता जनाएका छन् । उनले अहिलेको सरकारले अब वास्तवमै भ्रष्ट्राचार न्यूनिकरणको रणनीति लिएको बताएका हुन् । सशस्त्र प्रहरीको १८ औं वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘भ्रष्टाचार म गर्दिन र गर्न दिन्न भन्ने नाराका साथ अघि बढेका छौं यसले वास्तवमै भ्रष्ट्राचार रोक्नेछ । अब सरकारले देखावटीमा होइन, वास्तवमै भ्रष्टाचार नियन्त्रण गछौं सबै ढुक्क भएहुन्छ प्रधानमन्त्री ओलीले भने ।’
यसअघि नियन्त्रण गर्ने निकायले नै शक्तिको आडमा आफै भ्रष्टाचार गर्ने पाइएकाले नेपालमा भ्रष्ट्राचार निक्कै ठूलो समस्या भएकाले अब त्यस्ता निकाय र पदमा आसिनहरुलाईपनि छोड्ने छैनौँ । पहिलेको जस्तो चर्चामा आउन देखावटीरुपमा काम नगर्ने भन्दै उनले सरकारले भ्रष्टाचारको अन्त्य गर्न एक्सन लिन थालिसकेको बताए । सोही अवसरमा प्रधानमन्त्री ओलीले अहिले लडाइ र द्वन्द्व सकिएपनि फेरि केहीले निम्त्याउन खोजेको भन्दै सरकारले त्यस्तो हुन नदिने बताए । बरु अहिले सरकारले द्वन्द्वका घाउमा मलमपट्टी लगाउने काम गर्ने उनको भनाइ छ ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले गणतन्त्र प्राप्तिको कठिन र उपलधीपूर्ण, उदाहरणीय र अनुकरणीय यात्रा पार गरेको गरेको बताए । डावस बैठकमा पनि आफूले नेपालमा सुन्दरता मात्र नभइ उर्वर भूगोग, गौरवपूर्ण इतिहास र पूर्खाको बलिदानि भएको उल्लेख गर्दै लगानीका लागि आव्हान गरेको उल्लेख गरे । ‘हामीसँग सबै छ । लगानी गर्नुस्, मिलेर विकास गरौं भनेको छु उनले थपे, ‘विश्व हाम्रो कुरामा सहमत छ ।’ अब विश्वले नेपालमा लगानी गर्नेछ । नेपालको अनुहार चाँडै मात्र हैन मेरै कार्यकालमा फेर्छु ढुक्क हुनुहोस् । प्रधानमन्त्री ओलीको दावी थियो ।
खोटाङमा एक युवकले आफ्नै दाजुको दुबै हात छिनालेर फरार भएका छन् ।
खोटाङ / खोटाङमा एक युवकले आफ्नै दाजुको दुबै हात छिनालेर फरार भएका छन् । गएराति करिब १ बजे केपिलासगिढि गाँउपालिका ७ सुङदेलका २२ बर्षिय बालकुमार राईले आफ्नै दाई २५ वर्षिय अष्ट बहादुर राईको दुबै हात काटेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
घरायसी विवादका कारण घटना भएको हुनसक्ने अनुमान गरिएको छ । फरार रहेका बाल कुमारको खोजी कार्य शुरु गरिएको प्रहरी नायब उपरिक्षक राजकुमार केसिले जानकारी दिनुभयो । घाईते अष्ट बहादुुरको दिक्तेलमा उपचार हुन नसकेपछि काठमाडौ रेफर गरिएको छ ।
तपाईलाई यो सामग्री कस्तो लाग्यो? प्रतिकृया दिनुहाेला, मनपरे लाइक र शेयर गर्नुहोला । थप जानकारीका लागि हाम्रो वेब साइट satyasamachar.com मा जानुहोस् । धन्यबाद
छोरी जन्मेको भन्दै बुबाले अर्को ल्याए,हामी दुई छोरी आमाको किरिया गर्दैछौं !
काठमाडौं- ताहाचलस्थित ‘श्रेष्ठ कोलोनी’ भित्रको घर नम्बर ३० मा सेतो लुगामा छन्, प्रभा गिरी (२३) र प्रमिता गिरी (२०)। आमा पार्वतीको किरिया गर्न उनीहरू बसेको शनिबार १० दिन भयो।
यही चैत्र सात गते पाठेघरको क्यान्सर भएर आमा बितिन्। आमालाई दुई छोरीले दागबत्ती दिए। ‘सानो ट्युमर पलाएको होला भन्ने सोचेका थियौँ तर, ट्युमर पुरै फैलिसकेको रहेछ,’ जेठी छोरी प्रभाले भनिन्, ‘अस्पताल लगेको हप्तादिन नबित्दै आमाले सदाका लागि हामीलाई छोड्नुभयो।’
स्व. पार्वतीको बिहे २०४८ सालमा भक्तपुर, ताथलीका हरिबहादुर गिरीसँग भयो। ‘बिहे गरेको केही वर्षमै उनले अर्की श्रीमती ल्याए,’ प्रभाका मामा गोपाल गिरीले भने, ‘मेरी बहिनीलाई घरमा एक्लै बिचल्ली बनाएर भक्तपुर, कमलविनायकमा कोठा लिएर बसे।’ हरिका कान्छी श्रीमतीका तर्फबाट अहिले दुई छोरा र एक छोरी छन्।
‘मेरी दुई भान्जीले बुबाको माया कहिल्यै पाएनन्,’ मामा गोपालले भने, ‘सानैदेखि मामाघरमै हुर्के, बढे अनि पढे। अहिले कान्छी भान्जी स्नातक पढ्दैछिन्। जेठी मास्टर्सको तयारीमा छिन्।’‘म जन्मिएपछि ‘छोरी जन्मी’ भनेर अर्को बिहे गर्नुभएको रहेछ,’ कान्छी छोरी प्रमिताले भनिन्, ‘जन्मेदेखि अहिलेसम्म न उहाँले हामीलाई ‘छोरी’ भनेर बोलाउनुभएको छ, न हामीले नै उहाँलाई ‘बुबा’ भनेर बोलाएका छौँ।’बुबाको माया कस्तो आफूहरूलाई कहिल्यै थाहा नभएको प्रभा र प्रमिता बताउँछन्। सानैदेखि मामाघरमा हुर्किएकाले मामा गोपाललाई नै उनीहरू ‘बाबा’ भनेर बोलाउँछन्। ‘बुबा नभएपनि हामीलाई कहिल्यै बुबाको कमी महसुस भएन,’ प्रभाले भनिन्, ‘आमा सहयोगी र साथी जस्तै हुनुहुन्थ्यो। उहाँले नै हामीलाई बुबाले दिनेभन्दा बढी माया दिनुभयो। हामी हाम्रो आमालाई नै बुबा मान्थ्यौँ।’‘आमाले प्लाइउड कारखानामा काम गरेर हामीलाई खर्च दिनुहुन्थ्यो,’ प्रमिताले भनिन्, ‘बाँकी समय मेलापात र मजदुरी गरेर हाम्रो इच्छा पुरा गर्नुहुन्थ्यो।’
आमाले बुबा र उहाँको घर परिवारबाट शारीरिक र मानसिक यातना भोग्दै आएको प्रभा अहिले पनि झल्झली सम्झिन्छिन्।
‘आमाले कहिल्यै आफ्नो हक अधिकार माग्नुभएन,’ उनले भनिन्, ‘जे छ त्यसमै चित्त बुझाउनुभयो। धेरै शारीरिक यातना भोग्नुभयो। दुःखै दुःखमा उहाँको जीवन गयो। उहाँ धेरै कुरा सहेर बित्नुभयो।’ ‘बहिनी बितेको खबर पाउँदा समेत उनी अनुहार समेत हेर्न आउन मानेनन्,’ मामा गोपालले भने, ‘वडा अध्यक्ष र गाउँका अगुवाहरूको करबलमा बल्लतल्ल आए।’छोरी प्रभा र प्रमिता आफ्नै बुबाले सौतेनी बुबाको व्यवहार गरेको बताउँछन्। ‘आमालाई उहाँले जीवनभर त बेवास्ता गर्नुभयो,’ प्रभाले भनिन्, ‘उहाँ बितेर गइसक्दा समेत उहाँको दाहसंस्कारमा हामीलाई साथ दिनु भएन।‘बुबाले बेवास्ता गरेपछि कसले किरिया गर्ने भन्ने कुरा निस्कियो,’ प्रभाले भनिन्, ‘‘हामी गर्छौँ’ भनेर म र मेरी बहिनी अगाडि सर्यौँ। यसका लागि हाम्रो मामाले हामीलाई धेरै सहयोग गर्नुभयो।’ प्रत्येक दिन भेट्न आउने आफन्तले उनीहरूलाई भन्ने गरेका छन्, ‘तिमीहरू छोरी होइनौ, छोरा हौँ ।’
‘जो भेट्न आए पनि ‘तिमीहरूले छोराले गर्ने काम गर्यौँ,’ प्रमिताले भनिन्, ‘आमाले बाचुञ्जेल हामीलाई ‘तिमीहरू छोरी हौँ, तिमीहरूले केही गर्न सक्दैनौँ’ भनेर कहिल्यै भन्नुभएन। छोराछोरीको फरक छुट्याउने त समाज हो। अब घर र बहिनीको सम्पूर्ण जिम्मेवारी आफ्नो थाप्लोमा आएको प्रभा बताउँछिन्। ‘अब म र मेरी बहिनी बलियो बन्नुपर्छ,’ उनले भनिन्, ‘जीवन लामो छ। त्यसैले हामी आँटिलो हुनुपर्छ। आमाले आफ्नो अधिकारको कहिल्यै लड्नुभएन। अब म र मेरी बहिनी आफूले पाउने अधिकारका लागि लड्छौँ।’
Views: 0