५० केजीको भारी बोक्दा बोक्दै निदाए यी बालक, हेर्नुहोस् हृदयविदारक तस्विर

२०७५ चैत्र १७, आईतवार १३:१२ गते २०७५ चैत्र १७, आईतवार १३:१२ गते २०७५ चैत्र १७, आईतवार १३:१२ गते

टन्टलापुर घाम, उकालो बाटो र ५० केजीको भारी । सोच्नुहोस् त कस्तो हुन्छ ? तपाई हामी मध्ये धेरैले यस्तो भोगेका छौं । धेरैले अहिले भोगिरहनु पनि भएकै होला । फर्कनुहोस् आफ्नो बाल्यकाल तिर । सम्झनुहोस् भदौको घाममा उकालो बाटोमा गह्रौं भारी बकेर तप तप पसिना चुहाएको । कति गाह्रो हुन्छ, जसले भोगेको छ । त्यसलाई राम्ररी थाहा छ ।पहिलेको कुरा छोड्नुहोस् ।

सम्झनुहोस् अहिलेको समय । १२/१३ कलिलो उमेरमा स्कुल जाने, साथी भाईसँग खेल्ने, घर आउने होमवर्क गर्ने, सामान्य काममा बाबुआमालाई सघाउने यसरी नै दिनचर्या वित्छ र विताउँछन् यी उमेर समुहका नानी बाबुहरुले ।तर, यी तस्विरमा देखिएका बालकको भाग्य कहाँ त्यस्तो छ र ? पढ्न, खेल्न, रमाउन यीनलाई पनि कसो मन नहोला र ? तर, ५० केजीको भारी बिसाएर टन्टलापुर घाममा निदाउन पुगेका छन् ।ताप्लेजुङ स्थित कञ्चनजंघा वेसक्याप जाने बाटो (तापेथोक) नजिकै यी मस्त निदाइरहेका छन् । नीलाे भेष्ट, कालो हाफ पाइन्ट, नीला चप्पल ढुंगाको कापमा गुडुल्की परेर यी निदाएका छन् । उनको छेउमा सेतो बोरामा करिब ५० केजी जति कोदाको भारी छ ।

उनका हात खुट्टामा घाउनै घाउ छन् । उनी पहिरो खसिरहने ठाँउमा निदाएका छन् । यो तस्विर पत्रकार तथा कवि प्रकाश ढंगानाले खिचेका हुन् । उनले त्यो बालकलाई उठाएर केही सोधेनन् । केवल ती बालकलाई हेरे, तस्विर खिचे, मन अमिलो बनाए अनि हिँडे । त्यही कारणको उनको नाम, घर र उनी कहाँ जान लागेका हुन् थाहा छैन । हाम्रो देश वालश्रम मुक्त घोषणा गरिएको छ । शहरी क्षेत्रमा बालश्रमको नारा उछालिन्छ, तर कार्यान्वयन फितलो छ । दुरदराजका गाँउमा त ‘मुक्त बालश्रम’ के हो ? पत्तो छैन । यी जस्तै धेरै बालबालिका कडा शारिरिक काम गर्न बाध्य छन् । जसका कारण उनीहरुको बालअधिकार हनन भइरहेको छ ।

तस्विर: प्रकाश ढुंगानाकाे फेसबुकबाट

यो पनि पढ्नुस

एजेन्सी । अब हामीले केही नयाँ काम सुरु गछौँ, तब कयौँ समस्या आउने गर्दछन्। कुनै व्यक्तिले ती समस्याबाट हैरानी भएर कामलाई अधुरै छोडिदिन्छन् भने कुनै व्यक्ति ती समस्यासँग जुधेर लगातार काममा लागिरहन्छन्। तर कुनै बेला यस्तो समय आउछ समस्या घटनुको साटो अझ बढ्दै जान्छ।

यो समस्या हाम्रो समयको साथसाथै हाबी हुँदै जान्छ। र हामी कमजोर बन्दै जान्छौँ। समस्याले हाम्रीलाई तनावमा पार्नुका साथै तर्क शक्तिमा समेत कमजोर बनाउदै लैजान्छ।

एक अनुसन्धानका अनुसार समस्याले हाम्रो प्रवृति अनुसार आफ्नो रंग देखाउने गर्दछ। यदी हामी सकारात्मक छौ भने त्यो सडकको स्पीड ब्रेकर जस्तै हो। अर्थात केही समयमा हाम्रो गति थोरै कम हुन्छ र फेरि दौडिन थाल्दछ।

महान साहित्यकार जार्ज बर्नार्डले भने अवरोधले हाम्रो सफलतालाई अझ मजबुत बनाउन सहयोग गर्दछ। हामीले जति बाधा, अबरोध पार गर्दै जान्छौँ त्यती बलियो हुँदै जान्छौँ।

यी कुराले हामीलाई सफलतामा अवरोध ल्याउछ :

बहाना बनाउनु

यदी हामीले आफ्नो गल्ती स्वीकार गर्न तयार नभएर विभिन्न किसिमका बाहाना बनाउन थाल्यौँ भने हामीले सफलता भन्दा असफलता प्राप्त गछौँ।

समस्यासँग भाग्नु

कयौँ समय हामी समस्या समाधान गर्नु भन्दा समस्यासँग डराएर भाग्यौँ भने हामी कहिलै सफल हुन सक्दैनौँ।

केही गर्न अघि नसर्नु

धेरै मान्छे केही काम गर्नु अघि डराउने गर्दछन्। यदी हामी जुन काम गर्दा पनि मनमा डर पालेर बस्नेहो भने कहीलै सफता पाउन सक्दैनौँ। असफलताबाट पाठ नसिक्नुम बिचमै छोडिदिन्छौँ भने जीवनमा कहीलै सफलता प्राप्त गर्न सक्दैनौँ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *