दाङ, १७ असार ।
नेपाल विद्यार्थी संघ दाङले सोमवार (भोली) दाङ बन्दको आव्हान गरेको छ । चर्को मुल्य बृद्धि फिर्ता लगाएत विभिन्न माग राख्दै नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यक्रम अन्तर्गत आइतवार तुलसीपुरमा भएको आन्दोलनका क्रममा प्रहरीले संघका सदस्य प्रकाश चौधरीलाई गिरप्तार गरेको विरोधमा एक दिन जिल्ला वन्दको आव्हान गरेको छ ।
नेपाल विद्याथी संघले आइतवार साँझ एक विज्ञप्ति निकालेर जनताको बोल्न पाउने र विरोधमा सहभागी जनाउने अधिकार कुण्ठीत गर्ने गरि वर्तमान सरकार र प्रहरीले विद्यार्थी नेतालाई पक्राउ गरेको विरुद्धमा दाङ बन्दको आव्हान गरिएको नेपाल विद्यार्थी संघ क्षेत्र नं. ३ का क्षेत्रीय सभापति तिलक रावतले जानकारी दिए । नेविसंघले चौधरीको बिना सर्त रिहाईको माग गर्दै रिहाई नगरे कडा संर्घषका कार्यक्रमहरु गर्ने जनाएको छ ।
मुल्यवुद्धि,भष्ट्राचार, अधिनायकवादी सरकारको विरुद्धमा नेविसंघका केन्द्रीय कार्यक्रम अनुसार विद्यार्थीहरु आन्दोलनमा उत्रिदा संघका सदस्यलाई प्रहरीले गिरप्तार गर्नु प्रहरीको दादागरी भएको नेविसंघले विज्ञप्तीमाफर्त जनाएको छ । अधिनायकवादी सरकार र प्रहरीको दादागिरीको विरुद्धमा नेपाल विद्यार्थी संघले भोली सोमवार आयोजना गरेको दाङ बन्दको कार्यक्रमलाई सफल बनाई दिन हुन जिल्लाका उद्योग व्यवसायी,यातायात व्यवसायी,शैक्षिक सस्थालगाएत सम्पुर्णलाई दाङवासी जनताहरुलाई आग्रह गरिएको छ । बन्दलाई सफल बनाउन साविक नेविसंघका ५ वटै क्षेत्रीय समितिले समेत सवैलाई आग्रह गरेको छ । नेविसंघको आन्दोलनका क्रममा प्रहरीले तुलसीपुरवाट आइतवार दंगिशरण गाउँपालिका वडा नं. ७ निवासी प्रकाश चौधरीलाई पक्राउ गरेको थियो ।
यसैविच नेपाल विद्यार्थी संघका पूर्व जिल्ला अध्यक्ष एव नेपाली काग्रेस साविक त्रिपुरनगर सभापति दिपक पाण्डेयले चौधरीको रिहाईको माग गर्दै सोमवार नेपाल विद्याथी संघले आयोजना गरेको बन्दको कार्यक्रमलाई सफल बनाउन सवैसँग आग्रह गरेका छन ।
Views: 0