चामलको बोरा बोक्दै राहत र उद्धारमा खटिए धुर्मुस

२०७५ चैत्र १८, सोमबार २१:३३ गते २०७५ चैत्र १८, सोमबार २१:३३ गते २०७५ चैत्र १८, सोमबार २१:३३ गते

काठमाडौं । बारा र पर्सामा विनाशकारी हावाहुरीले ठुलो धनजनको क्षति भएपछि कलाकार सीताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सन्तुली राहत लिएर प्रभावित क्षेत्रमा पुगेका छन् । चितवनमा गौतमबुद्ध अन्तराष्टिय क्रिकेट रंगशाला निर्माण गर्न लागिरहेका धुर्मुस सन्तुली बारा र पर्साका पीडितहरुलाई राहत लिएर पुगेका हुन् ।

धुर्मुस सन्तुली फाउन्डेसनबाट आपतिकालिन सामाग्रीहरु लिएर बारा र पर्सा पुगेका हुन् । त्रिपाल, कम्बल, खाद्यान्नलगायतका सामाग्री लिएका छन् । भूकप्प र बाढी पीडितलाई राहत दिँदै आएका धुर्मस र सन्तुली हावाहुरीका कारण विस्थापित भएकालाई सहयोग गर्न बारा र पर्सा पुगेका हुन् । उनले सवैलाई सन्दो सहयोग गर्न पनि आग्ह गरेका छन् ।

शनिवार आएको हावा र हुरीबाट ३५ जनाले ज्यान गुमाएका छन् भने ५०० जना घाइते भएका छन् । सयौले घरबास गुमाएका छन्

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *