यी हुन् फुटबल खेलेर धेरै कमाउने २० खेलाडीहरु: एकपटक पढ्नुहोस चकित पर्नुहुनेछ।

२०७५ चैत्र १९, मंगलवार १३:३७ गते २०७५ चैत्र १९, मंगलवार १३:३७ गते २०७५ चैत्र १९, मंगलवार १३:३७ गते

एजेन्सी । फुटबल खेल धेरैको लागि मनोरञ्जनको विषय भएपनि यसमा लागेर उच्च लेभलमा खेल्नेहरुको लागि भने राम्रो आम्दानीको श्रोत नै बन्ने गरेको छ ।

फुटबलमा लागेका अधिकांश खेलाडीहरु मनग्य नै कमाउने गरेको पछिल्लो खबरबाट पुष्टी भएको छ । फ्रान्स फुटबलले जारी गरेको धेरै कमाउने खेलाडीको वार्षिक सूची शिर्ष स्थानमा भने लियोनल मेस्सीले कब्जा गरेका छन् ।

सन् २०१८ को बेलोन डि ओर विजेता लुका मोड्रिच भने शिर्ष २० भित्र अटाउन सकेनन् । गत वर्ष धेरै कमाउने फुटबलरको सूची यस्तो छ ।

१. लियोनल मेस्सी
बार्सिलोनाका खेलाडी मेस्सीले यस वर्ष करिब १३० मिलियन यूरो कमाएका छन् । उक्त आम्दानी व्यवसायिक फुटबलरहरुमध्ये सबैभन्दा धेरै हो ।

२. क्रिस्टियानो रोनाल्डो
आम्दानीमा मेस्सी भन्दा पछाडी परेका युभेन्टसका रोनाल्डोले ११३ मिलियरन यूरो कमाएका छन् ।

३. नेमार
पेरिस सेन्ट–जर्मेन का सुपरस्टार नेमारले भने ९१.५ मिलियन यूरो कमाए ।

४. आन्त्वान ग्रिजमान
एट्लेटिको मेड्रिडका सबैभन्दा भरपर्दा खेलाडी ग्रिजमानले ४४ मिलियन यूरो कमाउन सफल भए ।

५. गारेथ बेल
रियल मेड्रिडका गारेथले यस वर्ष ४०.२ मिलियन यूरो आम्दानी गरेका छन् ।

६. आन्द्रेस इनियस्ता
जापानीज फुटबल क्लब भिसेल कोबेका आन्द्रेसले ३३ मिलियन यूरो आफ्नो खाता थपेका छन् ।

७. एलेक्सिस सान्चेज
म्यानचेष्टर युनाइटेका एलेक्सिस सान्चेजले ३०.७ मिलियन यूरो कमाए ।

८. फिलिप कौटिन्हो
बार्सिलोनाका फिलिपले ३० मिलियन यूरो आम्दानी गरे ।

९. इजेकिल लाभेजी
चिनियाँ क्लब हेबी चाइना फच्र्युनका स्टार लाभेजीले २८.३ मिलियन यूरो कमाए ।

१०. लुइस स्वारेज
बार्सिलोनाका स्वारेजले २८ मिलियन यूरो आम्दानी गर्न सफल भए ।

११. जेरार्ड पिक
बार्सिलोनाका पिकले २७ मिलियन यूरो कमाए ।

१२. टोनी क्रुस
रियल मेड्रिडका टोनीले २६.३ मिलियन यूरो कमाए ।

१३. मेसुट ओजिल
आर्सनलका ओजिलले २५.८ मिलियन यूरो कमाए ।

१४. किलियन एमबाप्पे
पेरिस सेन्ट–जर्मेनका स्टार एमबाप्पेले २५ मिलियन यूरो कमाए ।

१५. ओस्कार
चिनियाँ क्लब सांघाई एसआईपीजीका खेलाडी ओस्कारले २४.३ मिलियन यूरो कमाए ।

१६. सर्जियो अगुइरो
मेनचेष्टर सिटीको सर्जियोले २४.३ मिलियन यूरो कमाएका छन् ।

१७. केभिन डे ब्रुनी
मेनचेष्टर सिटीका ब्रुनीले २३.५ मिलियन यूरो कमाए ।

१८. हल्क
चिनियाँ क्लब सांघाई एसआईपीजीका अर्का खेलाडी हल्कले २३.४ मिलियन यूरो कमाए ।

१९. पल पोग्बा
म्यानचेष्टर युनाइटेडका पोग्बाले २३.३ मिलियन यूरो आम्दानी गरे ।

२०. सर्जियो रामोस
रियल मेड्रिडका रामोसले २३ मिलियन यूरो कमाए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *