रात भरी मनमा कुरा खेली रहने तर निद्रा लागेन भने यसो गर्नुहोस, मस्त सुत्न सकिने

२०७५ चैत्र २०, बुधबार १८:२९ गते २०७५ चैत्र २०, बुधबार १८:२९ गते २०७५ चैत्र २०, बुधबार १८:२९ गते

अनिद्राका विभिन्न प्रकार हुन्छन् र यसले मानिसलाई अनेकौं प्रकारले असर पार्छ ।निद्रा बोलाउनका लागि केही मान्छे घन्टौंसम्म ओछ्यानमा यता र उता पल्टिन्छन् । ‘लौन, कुनै जादू मन्त्र पाएदेखि फुस्स निदाउँथें नि’ भनेर कल्पन्छन् यस्ता मान्छे ।यस्ता मान्छेका लागि एउटा जादू उपाय आएको छ । यो हो एक्युप्रेसर र यसले अनिद्रा लगायत शरीरका धेरै समस्या समाधान गर्छ। तपाईंले शरीरका विशेष भागमा दबाब दिनुभयो भने शिशुले जस्तो सुत्न सक्नुुहन्छ ।आरामले सुत्नका लागि तपाईंले शरीरका तीन विन्दुमा दबाब दिनु जरूरी हुन्छ ।

पहिलो, गोडाको बुढी औंला र दोस्रो औंलाबीचको माथिल्लो भाग । सुत्नुअघि यहाँ चारदेखि पाँच सेकेन्डसम्म थिच्नुस् ।दोस्रो, नाडीबाट तीन औंलाको दूरी माथि रहेको भाग । यहाँ पाँच मिनेटसम्म दबाब दिनुभयो भने सुत्न सजिलो हुन्छ ।तेस्रो तथा अन्तिम, पाइतालाको मध्यभाग । यहाँ चाहिँ पहिला ३० सेकेन्ड दबाब दिनुस्, त्यसपछि पाँच सेकेन्ड छोड्नुस् अनि फेरि ३० सेकेन्ड दबाब दिनुस् ।

एजेन्सीको सहयोगमा

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *