यसकारण हुन्छ युरीक एसिड, थाहा पाइराख्नुस् युरिक एसिड भएकाले के खाने, के नखाने ?वैज्ञानिक यस्तो भन्छन।

२०७५ चैत्र २२, शुक्रबार ०९:१७ गते २०७५ चैत्र २२, शुक्रबार ०९:१७ गते २०७५ चैत्र २२, शुक्रबार ०९:१७ गते

शरीरभित्र पिउरिन भन्ने प्रोटिन टुक्रिएर युरिक एसिड उत्पादन हुन्छ ।सामान्यतः ३ देखि ७ मिलिग्राम/डेसिलिटरसम्मको युरिक एसिड नर्मल मानिन्छ । जब युरिक एसिडको मात्रा ७ भन्दा बढी हुन्छ, त्यसलाई युरिक एसिड बढेको भनिन्छ ।यसरी युरिक एसिड बढेपछि सामान्यतः खुट्टाको बुढीऔँलाको छेउमा अचानक दुख्ने तथा सुन्निने समस्या हुन्छ ।राति सुत्ने वेलामा सामान्य अवस्थामा रहेको मानिसको पनि बिहान उठ्दा नाटकीय रूपमा दुख्ने र सुन्निने भई खुट्टा टेक्न गाह्रो हुन्छ ।जुनसुकै उमेर समूहका मानिसलाई पनि यस्तो समस्या हुन सक्छ ।युरिक एसिडका बिरामीले खानामा विशेष ख्याल पु¥याउनुपर्छ । एजेन्सीको सहयोगमा तयार पारिएको सामग्री :

युरिक एसिडका बिरामीले विशेषगरी रेड मिटको सेवन गर्नुहुँदैन । माछा र मासुको प्रयोग पनि निकै कम मात्रामा गर्नुपर्छ ।चना, भटमास, राज्माजस्ता गेडागुडी सकेसम्म खानुहुँदैन । टुसा उम्रेका गेडागुडी पनि प्रयोग नगर्दा राम्रो ।अत्यधिक गुलिया फलफूल र परिकार पनि प्रयोग गर्नुहुँदैन । आँप, अंगुर र गुलियो मिठाईले युरिक एसिड बढाउन भूमिका खेल्छ ।बजारमा उपलब्ध पेयपदार्थको पनि प्रयोग नगर्दा राम्रो हुन्छ ।

त्यस्ता पेयपदार्थमा चिनीको मात्रा बढी हुन्छ । जसबाट फ्रुक्टोज नमक तत्व पनि हुन्छ । जसले युरिक एसिड बढाउन सहयोग गर्छ ।अल्कोहलिक पेयपदार्थलाई भने पूर्ण रूपमा निषेध नै गर्नुपर्छ । बियर, ह्विस्की लगायतका पेयपदार्थले भन्दा वाइनले भने कम हानि पुर्याउँछ ।युरिक एसिडका बिरामीले दुग्धजन्य पदार्थको भने प्रयोग गर्दा हुन्छ ।अमिलो कागती, भेनेगर, ग्रिन टी, कफीको पनि प्रयोग गर्दा कुनै फरक पर्दैन । किनभने, यस्ता पदार्थले युरिक एसिड घटाउन सहयोगी भूमिका खेल्छ ।काउली, ब्रोकाउली, कुरिलो र पालुंगोमा पनि युरिक एसिडको मात्रा बढी हुन्छ ।तर, यस्ता तरकारी प्रयोग नै नगर्नेचाहिँ होइन । मात्रा मिलाएर हरियो तरकारी खाँदा हानि पुर्याउँदैन ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *