के तपाई शरिरमा अनावश्यक रौंहरु आएर हैरान हुनुहुन्छ ? घरमैं बसेर यसरी हटाउनुहोस

२०७५ चैत्र २२, शुक्रबार ०९:२३ गते २०७५ चैत्र २२, शुक्रबार ०९:२३ गते २०७५ चैत्र २२, शुक्रबार ०९:२३ गते

काठमाडौं । गर्मी महिना लागेपछि धेरै महिलाहरुको ध्यान स्विमिङ खेल्न जाने, स्लिभलेस र स्कर्ट लगाउने जस्ता हुन्छन् । स्विमसुट लगाएर पौडी खेल्न जादाँ यौनाङ वरिपरीका रौंहरु देखिएर लज्जित हुनु पर्ने डर धेरैलाई हुन्छ । यस्तै स्लिभलेस लुगा लगाउदा काखी र पाखुराको रौं देखिने, स्कर्ट लगाउदा खुट्टाको रौ देखेर कसैले धृणा महसुस गर्छन् कि भन्ने चिन्ता पनि रहन्छ ।यस्ता किसिमका समस्यालाई हटाउन ब्यूटिपार्लर गएर वाक्सिङ गर्न पनि सकिन्छ । तर यो कार्य नियमित गर्नु पर्दा आर्थिक रुपमा खर्चिलो पनि हुने गर्छ भने सबै महिलाहरुले यो आर्थिक भारलाई ब्योहर्न पनि सक्दैनन् । यस्तो अवस्थामा आफैंले घरमै वाक्स बनाउन सकेमा आफुलाई लज्जित गर्न सक्ने भागका रौंहरुलाई सजलै हटाउन पनि सकिन्छ ।

वाक्सिङ किट खरिदः अहिले बजारमा महिलाहरुको यही समस्यालाई समाधान गर्न धेरै कम्पनीहरुले वाक्सिङ किटहरुलाई बजारमा ल्याएका छन् । त्यसैले राम्रो ब्राण्डको वाक्सिङ किटलाई मात्र प्रयोग गर्नु राम्रो मानिन्छ । वाक्स सफ्ट र हार्ड दुई किसिमको पाईन्छ । काखिको रौंहरु मुलायम हुने हुनाले यो भागको रौंहरुलाई हटाउने हो भने सफ्ट वाक्स लिनु पर्छ ।

यदी यौनाङ वरिपरीका रौंहरुलाई हटाउने हो भने हार्ड किसिमको लिनु पर्छ । किनकी यो भागका रौंहरु काखीको तुलनामा कडा हुने गर्छन् । यस्ता वाक्सहरु किन्दा आफ्नो छालालाई पनि ध्यान दिने गर्नुपर्छ । यदी छाला धेरैनै संवेदनशिल छ भने मोश्चराईजर भएको वाक्स लिनु राम्रो हुन्छ । यस्ता वाक्सको बट्टामा यसको प्रयोग विधिलाई पनि स्पष्ट रुपमा लेखिएको हुन्छ । त्यसैले प्रयोग गर्नु भन्दा अगाडी त्यसमा दिईएको निर्देशनहरुलाई राम्ररी पढ्नु राम्रो हुन्छ ।

घरमै बनाउने तरिकाः यदी तपाईलाई बजारमा पाईने वाक्सहरु मन पर्दैन वा त्यस्ता वाक्सहरुले शरीरको छालामा नकारात्मक प्रभावहरु पारेको महसुस भएमा तपाईहरुले घरमै पनि वाक्स बनाउन सक्नुहुन्छ । यसका लागि २ कप चिनी, २ चम्चा कागतीको रस, २ चम्चा सुन्तलाको रस र १ चम्चा भिनेगरलाई राम्ररी मिसाउनु होस् र केही पानी हालेर उमाल्नुहोस् ।

उम्लिएपछि आगोको रापलाई केही कम गरेर चलाउदैं पकाउनुस् । यसरी पकाउदा उक्त घोल सुनौलो रंगमा परिणत हुदैंजान्छ अनि त्यो पकाएको भाडोलाई बाहिर निकाल्नुहोस् । करिव २० मिनेट सेलाउन दिएपछि त्यो मिक्चरमा चिपचिपापन बाक्लो रुपमा रहेको छ भने त्यो तयार भएको संझनुहोस् ।ध्यान दिनु पर्ने कुराहरुः वाक्सलाई आफ्नो छालाले सहन सक्ने जति मात्र सेलाउन दिनुपर्छ । धेरै सेलाएको खण्डमा यसले चाहे जति काम गर्न सक्दैन भने धेरै तातो भएमा छालालाई पोल्ने समस्या पनि रहन्छ । महिनावारी भएको समयमा महिलाहरुको छाला अरु बेलाको तुलनामा केही बढी संवेदशिल हुने गर्छ ।त्यसैले महिलाहरुले आफ्नो महिनावारी हुनुभन्दा ४–५ दिन अगाडी र महिनावारी भएको २–३ दिन पछि मात्र विकिनी क्षेत्र ९यौनाङ वरीपरी० मा वाक्स गर्न सकिन्छ ।

विकिनी वाक्स गर्नु भन्दा अगाडी तपाईलाई योगका केही आसनहरु आउछ भने त्यो गर्नु पनि राम्रो हो । यस्ता किसिमका कसरतले शरीरका छालाहरुलाई तन्काउन मद्धत गर्छ । जसको कारण वाक्स गर्दा पिडा कम हुन्छ । पहिला वाक्स गर्दा बचेको वाक्सलाई पून प्रयोग गर्नु भन्दा नयाँ वाक्सवाटै वाक्सिङ गर्नु स्वास्थको दृष्टिकोणले राम्रो मानिन्छ ।यदी साथीहरुसंग मिलेर वाक्सिङ गर्दै हुनुहुन्छ भने वाक्स राख्ने भाडा पनि अलग्गै गर्नु राम्रो हुन्छ ।

यसरी गर्ने वाक्सः तयार भएको वाक्सलाई आफुले हटाउन चाहेको रौं रहेको भागको थोरै भागमा लामो हुने किसिमले लगाउने । यसरी लगाउदा वाक्सले छालालाई छुने गरेर लगाउनु पर्छ । यसरी लगाएको १०–१५ सेकेण्डमा वाक्सको छेउ पट्टिवाट कोट्याएर एकै पटक तान्ने । यसरी तान्दा केही दुखेपछि उक्त भागमा बेबी आयल वा मोश्चराईजर लगाउदा छालामा दानाहरु आउदैन । यो कार्य बिस्तारै बिस्तारै गर्दै आफुले हटाउन चाहेको भागमा गर्दै जानुपर्छ ।

वाक्सिङ गरेपछि पिडा भएमाः वाक्सिङ गरेको भागमा धेरै नै पिडा भएमा टि ब्यागको पनि प्रयोग गर्न सकिन्छ । टि ब्यागलाई पानीमा उमाल्ने र त्यसलाई चिसो हुन दिने । चिसो भैसकेपछि वाक्स गरेको भागमा हल्का रगड्दा केही क्षणमै आराम हुन्छ । वाक्सिङ गरेर धेरै नै पिडा भएको छ भने वरफको टुक्रालाई कुनै सफा कपडाले बेरेर दुखेको भागमा हल्कासंग रगड्दा आराम हुन्छ। वाक्सिङ गरेर पिडा भएको अवस्थामा ध्यूकुमारीको चोपले पनि राहत दिन्छ । यसलाई पनि प्रयोग गरेर जलनको पिडालाई कम गर्न सकिन्छ । केन्द्रविन्दु

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *