यी सामान्य लक्षण देखिएमा बुज्नुहाेस् तपाईंलाई थाइराइड छ !अबश्य हेर्नैपर्ने।

२०७५ चैत्र २२, शुक्रबार १६:१८ गते २०७५ चैत्र २२, शुक्रबार १६:१८ गते २०७५ चैत्र २२, शुक्रबार १६:१८ गते

काठमाडौं । थाइराइड भनेको एउटा ग्रन्थी हो । यो घाँटीको अघिल्लो भागमा रुद्रघण्टीको तल रहेको हुन्छ । यो ग्रन्थीले थाइरोक्सिन (टी–३) र ट्राइआयोडो थाइरोनीन (टी–४) हर्मोन उत्पादन गर्छ । थाइराइडको खास काम भनेको शरीरको गति नियन्त्रण (मेटाबोलिजम) गर्ने हो । थाइराइड ग्रन्थीको काममा गडबडी भएमा यसले अनावश्यक हर्मोन बढी र आवश्यक हर्मोन कम मात्रामा उत्पादन गर्छ । हर्मोन बढी उत्पादन हुनुलाई हाइपर थाइरोइडिज्म् भनिन्छ भने कम हर्मोन उत्पादन गर्ने कामलाई हाइपो थाइरोडिज्म् भनिन्छ ।

मधुमेह भएका बिरामीले वर्षको एकपटक थाइराइडको पनि परीक्षण गर्नुपर्छ । कहिले काहिं हाइपर थाइराइडिज्म्मा मधुमेह रोग पनि देखिन सक्छ । यसमा थाइराइड निको हुनासाथ मधुमेह पनि आफै निको भएर जान्छ ।

लक्षण

धेरै मोटाउने वा दुब्लाउने भएमा

धेरै जाडो वा गर्मि महशुस भएमा

मुटुको धड्कन छिटो छिटो भएमा

घाटी सुन्निएमा

कब्जियत हुने वा धेरै दिशा लाग्ने भएमा

महिनावारी गडबड भएमा

काम गर्न गाह्रो वा अल्छी लाग्ने भएमा

कपाल धेरै झरेमा

छाला सुख्खा हुने र नङ भाचिने भएमा

आँखा हेर्न असजिलो भएमा

शरीरको तापक्रम बढ्ने

भोक बढी लाग्ने तर दुब्लाउने

मन आत्तिने

मानसिक तनाव बढी हुने (स्वास्थ्यखबरपत्रिकाबाट)

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *