मात्र दुइ मिनेट मै तपाईंको पहेलो दात यसरी चम्किलो बनाउनुस (हेर्नुहोस भिडीयो सहित)

२०७५ चैत्र २२, शुक्रबार १७:०१ गते २०७५ चैत्र २२, शुक्रबार १७:०१ गते २०७५ चैत्र २२, शुक्रबार १७:०१ गते

पहेलो दांत हुनु हिजो आज धेरै को समस्या भएको छ। सहि तरिकाले दांत को हेरचाह नगर्नु, पराग, सुर्ती दात पहेलो हुँदा आफ्नो अनुहारको सुन्दरतामा दाग आउने मात्र होइन, धेरैको आत्मा बिश्वाश पनि घटेको देखिएको छ। आज हामि तपाइलाई दातको पहेलोपन हटाउने सजिलो तरिका हरु बताउने छौ।

१ तुलसीमा दांतको पहेलोपन हटाउने एक अद्भुत शक्ति रहेको छ। यसले दाँतमा रहेको पहेलोपन हटाउने मात्र होइन मुख र दात सम्बन्धि अन्य रोगबाट बचाउने काम पनि गर्दछ। तुलसीको पात लाइ घाममा सुकाउने र सुकेपछि यसको पाउडर बनाइ टुथपेस्ट संग मिलाएर ब्रस गर्ने गर्दा दांत को पहेलोपना हटेर चमक आउन थाल्छ।

२. हाम्रो गाउघर तिर नुन र तेल ले दांत सफा गर्ने चलन अझै पनि छ, नुन मा २-४ थोपा शुद्ध तोरीको तेल मिलाएर दांत सफा गर्ने गर्नाले केहि दिनमै दाँतको पहेलोपना हटेर जान्छ।

३. सुन्तलाको बोक्रा र तुलसीको पात लाइ घाममा सुकाएर त्यसको पाउडर बनाउनु होस्। दांत ब्रश गरिसकेपछि उक्त पाउडरले दातमा हल्का मसाज गर्नुहोस। सुन्तलाको बोक्राबाट प्राप्त हुने भिटामिन सी र क्याल्सियम कारण दात चम्किलो हुन्छ।

४. खाना खाइ सकेपछि दिनहु गाजर खाने गर्नाले पनि दाँतको पहोलो पन हट्छ। गाजरमा रहेको रेसाहरुले दांतलाइ राम्रो संग सफा गर्न मद्त गर्दछ।

५. नीमको उपयोग धेरै पहिले देखी नै दांतको सफाई गर्न गरिदै आएको छ। यसमा दांत सेतो बनाउने र दाँतमा लाग्ने कीराहरूलाई नष्ट गर्ने सक्ति रहेको छ। यो प्राकृतिक एंटी-बयाक्टीरियल और एंटी-सेप्टिक हो। दिनहु निम(नीमको काठ, निमको सानो हाँगा)ले दात सफा गर्ने गर्नाले दांतमा कुनै किसिमको रोग लाग्दैन र पहेलो भएको भए पनि हट्छ।

६. एक कागतीको रस निकालेर त्यसमा जति रस छ त्यतिनै मात्रामा पानि मिसाउनु होस् र खाना खाइ सकेपछि यहि कागती पानीले दिनहु कुल्ला गर्ने गर्नुहोस |यसो गर्दा दाँतको पहेलोपना त हट्छ नै सास गनाउने समस्यामा पनि यो रामबाण सिद्ध छ।

७. स्ट्रबेरी दांत चम्किलो बनाउने सबै भन्दा मिठो र सजिलो उपाए हो| यसमा पाइने मालिक एसिड (Malic acid)ले दांत लाइ सेतो र चम्किलो बनाउछ।

८. केरालाइ पिसेर यसको पेष्ट बनाउनु होस्। यसको पेष्टले दांतलाइ दिनहु एक मिनेट मसाज गर्नुहोस, मसाज पछि दांत ब्रश गर्नुहोस। यो उपाए दिनहु गर्नाले दाँतको पहेलोपन हटेर जान्छ। चुरोटको सेबन गर्ने गर्नाले पनि दांत पहेलो हुन्छ भने कुनै खानेकुरा लगातार खानाले, उमेर बढ्दै जाँदा अनि धेरै औषधिको सेवन गर्नेहरुको पनि दात पहेलो हुन्छ। एजेन्सी

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *