काठमाडौँ,- नेपाल प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले भैरहवाबाट काठमाडौँ आउँदै गरेको लु२ख ६६७ नं को बस जाँचका क्रममा चितवन, पदमपुरका ३६ वर्षीय राजेन्द्र अधिकारीलाई आज पक्राउ गरेको हो ।प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार झोलामा लागुऔषध लुकाएर ल्याएको अवस्थामा अधिकारीलाई पक्राउ गरिएको हो । पक्राउ परेका अधिकारीसँग प्रहरीले डाइजेपाम, नुर्फिन र फेनार्गन ८९ एम्पुल तथा नाइट्राभेट ९ ट्याब्लेट बरामद गरेको छ । उनलाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाइएकोछ ।यसैगरी महानगरीय प्रहरी बिट लगनखेलले लागुऔषधसहित ललितपुरको गोदावरीका ३२ वर्षीय सुजन सिलवाललाई सोमबार पक्राउ गरेको छ । डाइजेपाम, नुर्फिन र फेनार्गन १२ एम्पुल, सिरिन्ज चार थान, नाइट्राभेट ट्याब्लेट चार थान र नगद रु २१ हजारसहित सिलवाल पक्राउ परेका हुन् ।काठमाडौं : प्रहरी जवान घुससहित पक्राउ परेका छन्। महानगरीय दंगा नियन्त्रण प्रहरी गण त्रिपुरेश्वरमाा दरबन्दी भएर ताहाचलस्थित वैदेशिक रोजगार विभाग खटिएका प्रहरी जवान गणेश लोहार घुससहित घुससहित पक्राउ परेका हुन्।साउदी अरबका लागि श्रम स्वीकृति लिने सिलसिलामा सेवाग्राहीसँग १७ हजार घुस लिइरहेको अवस्थामा उनी अख्तियारको फन्दामा परेका हुन्।उनीमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।काठमाडौँ –काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत गत १४ र १५ गते भएको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र प्रदेश २ मा बाहिरिएको घटनामा प्रहरीकै संलग्नता देखिएको छ।घटना छानविन गरिरहेको नेपाल
प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले सिरहाको इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत दुई प्रहरी जवान ब्रम्हदेव सुनरैत र दीपेन्द्रकुमार मण्डललाई नियन्त्रणमा लिएको छ।यसलाई व्युरो र प्रहरी प्रधान कार्यालयले गोप्य राखेका छन्।प्रश्नपत्र बाहिरिएलगत्तै राष्ट्रिय परीक्षा
बोर्ड र प्रदेश २ सरकारले गठन गरेका समितिले छुट्टा छुट्टै छानविन गरेका थिए।दुबै समितिले अनुसन्धान जारी रहेको बताइरहेको बेला सीआईबीले दुई प्रहरी जबानलाई नियन्त्रणमा लिएको हो। एक प्रहरी उच्च अधिकारीका अनुसार सोमबार बिहान काठमाडौं ल्याइएका दुबैलाई हतकडी लगाइएको छ। योसमाचार आजको कान्तिपुर दैनिकमा छ । प्रदेश नं २ अन्तर्गत संचालन गरिएको माध्यमिक शिक्षा परिक्षा९एसईई०को परीक्षा अगावै प्रश्नपत्र आउट गराउने अभियुक्तहरुलाई आज सार्वजनिक गरिने भएको छ ।। सिआइबीका अनुसार अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा सार्वजनिक गरिनेछ।विज्ञान र सामाजिक विषयको प्रश्न पत्र परीक्षा अगावै आउट भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआईबी०ले घटनाको छानविन गरेको थियो।यस घटनामा संलग्न रहेका अभियुक्तहरुलाई ९सिआईबी०ले पहिचान गरिसकेको छ भने उनीहरु प्रहरी नियन्त्रणमा छन्। । अढाई बजे पत्रकार सम्मेलन गरेर अभियुक्तहरुलाई सार्वजनिक गरिनेछ।आलु खन्न बारीमा गएका श्रीमान-श्रीमतीबीच झगडा , कोदालोले हान्दा श्रीमती ‘ठहरै’ ..काठमाडौँ : श्रीमान श्रीमती बीचको विवादले उग्र रुप लिँदा भएको झडपमा श्रीमतीको मृत्यु भएको
छ।बाँकेको डुडुवा गाउँपालिका–६, पट्वारीपूर्वाका बुद्धिराम मुराउले आलु बारीमा काम गर्ने क्रममा भएको समान्य विवादमा कोदालो प्रहार गर्दा श्रीमती राधा मुराउको मृत्यु भएको हो।मंगलबार दिउँसो आलु खन्न बारीमा गएका दम्पति बीच सानो कुरामा विवाद भएको र त्यसैबेला
श्रीमतीमाथिकोदालो प्रहर गरेर बुद्धिराम फरार भएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अरुण पौडेलले जानकरी दिए।आफूले कोदालो प्रहार गर्दा श्रीमती ढलेपछि घटनास्थलबाट फरार भएका उनी त्यसपश्चात सम्पर्कमा नआएको एसपी पौडेलले बताए।उनका अनुसार मृतक राधाको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ भने आरोपित श्रीमानको खोजि कार्य जारी छ।सिड्नि। गत बिहीबार अष्ट्रेलियाको अल्बरीमा सडक दुर्घटना परी गम्भीर घाइते भएका बलराम पराजुलीको पनि निधन भएको छ । योसँगै ५ जना सवार उक्त सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ । पराजुलीले उक्त गाडी चलाइरहेका थिए भने अघिल्लो सिटमा आर्यन आचार्य रहेका थिए ।आर्यन आचार्यको घटनास्थलमै मृत्यु भएको थियो भने पराजुलीलाई उपचारको लागि अल्बरी अस्पताल लगेपछि त्यहाँबाट थप उपचारको आवश्यकता रहेको भन्दै क्यानबेरास्थित अस्पतालमा लगिएको थियो । पराजुलीको निधन मंगलबार साँझ भएको अष्ट्रेलियास्थित नेपाली दूतावासले जनाएको छ ।दूतावासले आफ्नोआधिकारिकपेजमार्फत हिजो मंगलबार साँझ उपचार गराइरहेका पराजुलीको निधन भएको जनाएको छ । साथै दूतावासले मृत आत्माको चीर
शान्तिको कामना गर्दै परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना पनि गरेको छ । नेपालमा रहेको परिवारका सदस्यहरुसँग सम्पर्कमै रहेको र शवलाई नेपाल पठाउने तयारीको प्रक्रियामा रहेको पनि दूतावासले जनाएको छ ।साथै दूतावासले विज्ञप्तिमा स्व. पराजुलीको उपचारमा सहयोग गर्ने अष्ट्रेलियाको प्रहरी, चिकित्सकहरु, क्यानबेरा अस्पतालका सबै कर्मचारीका साथै नेपाली समूदायलाई धन्यवाद दिएको छ।काठमाडौ । साउदी अरबमा विभिन्न कसुरमा जेल मा रहेका ५१ जना नेपालीहरु साउदी राजाद्वारा उनीहरुको कैद,जरिवाना मिनाह गरि क्षमादान दिए पश्चात नेपाल फर्कन सफल भएका छन।बिगत केहि महिनाको अन्तरालमा साउदी अरबका राजा द्वारा क्षमादान् प्रदान गरेर ५१ जना साथमा बिगत एक
बर्ष देखि रक्सि खाएको केशमा जेलमा रहेका २८ जना नेपालीहरु नेपाल फर्किन सफल भएको जनाईएको छ।ब्लडमनि र जरिवाना तिर्न नसकी जेल मा रहेका ५ जना नेपालीको पनि बक्यौता रकम नेपाली समुदायको सहयोगमा जोहो भए पश्चात स्वदेश फर्केको जनाईएको एनए मिडियामा खबर छ।साउदी अरबका लागि नेपाली राजदुत प्रा.डा महेन्द्र सिंह राजपुत द्वारा आफ्नो व्यक्तिगत फेसबुक एकाउन्ट मा प्रेषित गरिएको पोस्टमा जम्मा ८४ जना नेपालीहरु बिगत केहि महिनाको अबधिमानेपाल फर्किएको जनाइएको हो महामहिम राजदुतले क्षमादान को लागि साउदी नरेशमा हार्दिक कृतज्ञता समेत जनाएका छन साथै साथ सहयोग दिने स्वदेश र विदेशमा रहेका नेपाली समुदाय प्रति धन्यवाद समेत दिएका छन।यति महत्वपूर्ण खबर नेपाली दुताबासको आधिकारिक फेसबुक पेजमा आउन ढिला हुनुमा भने नेपाली समुदाय ले चासो पुर्बक हेरेको देखिन्छ।एनए मिडिया ले राजदुत प्रो.डा महेन्द्र सिंह राजपुत संग सम्पर्क गरि साउदी राजा द्वारा दिईएको क्षमादानमा नेपाली राजदुताबासको भूमिका समन्धमा सोधखोज गरेको थियो। कुराकानीमा उनले साउदी अरबमा समस्यामा पर्ने नेपालीहरुको रिहाईको सन्दर्भमा दुताबासको निरन्तर प्रयास रहने गरेको जनाएका छन।कुराकानी कै क्रममा फरक प्रसङ्गमा सिंह ले हाल साउदी अरबमा नेपाली महिला कामदारहरुको संगठित क्षेत्रमा भई रहेको बद्धोतरी र उनीहरुको पूर्ण सुरक्षाको लागी निकै गम्भीर रुपमा योजनाका साथ लागी परेको जनाएका छन साथै महिला कामदारहरु समन्धमा समुचित सुचना जहिल्यै पनि स्वागत गरिने समेत जना
Views: 0