प्र.म. केपी ओलीलाई धुर्मुस सुन्तलीसँग चुनाव लडेर देखाउन शाहीले दिए चुनौती (हेर्नुहोस भिडियो)

२०७५ चैत्र २३, शनिबार ०९:३५ गते २०७५ चैत्र २३, शनिबार ०९:३५ गते २०७५ चैत्र २३, शनिबार ०९:३५ गते

युवा विश्लेषक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री ओलीलाई धुर्मुस सुन्तलीसँग चुनाव लडेर देखाउन चुनौती दिएका छन्। प्रधानमन्त्री ओलीले सरकारले कुनै पनि प्रतिबद्दता पालना नगरेको उनले बताए। प्रधानमन्त्री नाटककार भन्दा कम नभएको शाहीले टिप्पणी गरेका छन् । प्रधानमन्त्री ओली अधिनायकवादतर्फ लागिरहेको बताउँदै उनले भने, ‘आफुले गरेको गलत कार्यको विरोधीलाई अरिङ्गाल जसरी आफ्ना कार्यकर्तालाई लाग भनेका छन् जुन अधिनायकवाद तर्फ लागेको सङ्केत हो। संविधानको नियम विरुद्ध गएर प्रधानमन्त्रिले सेना परिचालन गर्न खोज्नु पनि तानशाही हुनु हो।’ प्रधानमन्त्रीलाई सेना परिचालन गर्ने अधिकार नभएको उनले बताए ।

राज्यका प्रमुख अंग न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकामाथि प्रधानमन्त्रीले हस्तक्षेप गरेको भन्दै उनले भने, ‘रविन्द्र अधिकारी दोषी छैनन् भनेर घोषणा गरेका छन् जुन प्रधानमन्त्रीको अधिकार होइन। राज्यको प्रमुख अंगले गर्नु पर्ने अधिकार आफुले नै गरेका छन् जुन गलत छ।’ जनताको स्वतन्त्र हकमाथि उनको आरोप छ।
pnp
हेर्नुहोस भिडियो :

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *