काठमाडाैं । मलेसियास्थित नेपाली दुतावासहरुले नेपाली कामदारका लागि विभिन्न स्थानमा कन्सुलर सेवा सञ्चालन हुने भएको छ । मलेसियास्थित नेपाली राजदूतावासले यही चैत ३० गतेदेखि वैशाख २१ गतेसम्म कन्सुलर सेवा शिविर सञ्चालन गर्न लागेको हो ।मलेसियाको राजधानी क्वालालाम्पुर भन्दा बाहिर रहेका नेपाली कामदारहरुलाई लक्षित गर्दै सेवा दिन शिविरको आयोजना गरिएको दूतावासको सुचनामा भनिएको छ । शिविरमा दूतावासबाट उपलब्ध हुने सेवाहरु दिइने छ ।
राहदानी आवेदन संकलन, राहदानी जारी, यात्रा अनुमतिपत्र जारी, प्रमाणिकरण, श्रमिक सचेतना, श्रमिक गुनासो सुन्ने काम हुने दूतावासको सुचनामा जनाइएको छ । दूतावासले जारी गरेको सूचना अनुसार चैत ३० गते क्लाङ, २०७६ वैशाख ७ गते क्लान्तान र तेराङगानु, १५ गते पहाङ र क्यामरुन हाइल्याण्ड, २२ गते बातुपाहत र जोहोर, र २९ गते कोताकिनादालु र साभामा शिविर सञ्चालन हुने छन् ।यस्तै, जेठ ५ गते इपो, १२ गते पेराक, जोहर वारु र जोहारमा, १८ गते अलो सेतार, केडामा, २६ गते पेनाङमा कार्यक्रमहुने छ । त्यस्तै असार १ गते लङ्कावी, केडा, ८ गते मिरि सारावाकमा, १५ गते मेलाकामा र २१ गते कुयान्तान, पाहाङमामा शिविर सञ्चालन
गरिने दूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।काठमाडौँ । १० महिनापछि मलेसियाको रोजगारी खुलेको छ । पहिलो चरणमा कलिङ भिसा पाइसकेकाहरुले सोमबारबाट श्रम स्वीकृति पाउने भएका छन् ।१० महिनादेखि बन्द रहेको मलेसियाको रोजगारी पुनः खुलेको छ । मलेसियाको रोजगारी खुलेसँगै पहिलो चरणमा कलिङ भिसा पाइसकेकाहरुले सोमबारबाट श्रम स्वीकृति पाउने भएका छन् । बैदेशिक रोजगार विभागले श्रम कार्यालय ताहाचललाई पत्र लेख्दै सोमबारबाट श्रम स्वीकृतिको प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ ।वैदेशिक रोजगार विभागका अनुसार कलिङ भिसा पाएकाहरुको संख्या ७ हजारभन्दा बढी छ ।
करिब एक महिनाअघि श्रम विभागले सूचना जारी गरी कलिङ भिसा लिएकाहरुको तथ्याङ्क माग गरेको थियो । श्रम स्वीकृति लिनका लागि वैदेशिक रोजगार व्यवसायी संघले पनि सहजीकरण गर्नेछ । यस्तै नयाँ कामदारका लागि भने अझै एक महिना पर्खिनु पर्ने भएको छ ।मलेसिया सरकारले स्वास्थ्य परीक्षणका लागि नयाँ मापदण्ड पठाएसँगै श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले सूचीकृतका लागि सूचना प्रकाशन गरेको छ । यस्तै मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि मन्त्रालयले केही दिनमै सूचना जारी गर्ने तयारी गरिरहेको छ ।
Views: 0